काठमाडौँ – ब्राजिलको एक डे- केयर सेन्टरमा आक्रमण हुँदा चार बालबालिकाको मृत्यु भएको छ। ब्राजिलको दक्षिणी राज्य सान्ता क्याटरिनामा रहेकाे सेन्टरमा हतियार सहित २५ वर्षीय युवकले आक्रमण गर्दा चार बालबालिकाको मृत्यु भएको छ भने कम्तीमा पाँच जना घाइते भएका छन् । हतियारधारी व्यक्ति पर्खालबाट हाम फालेर सेन्टरमा आक्रमण गरेकाे र अधिकारीहरूले बताएका छन् ।
ब्लुमेनाउका मेयर, मारियो हिल्डेब्रान्डले ३० दिनको शोक अवधि घोषणा गर्दै बिद्यालयहरु बन्द रहने बताएका छन् ।मेयरले तीनदेखि पाँच वर्षका पाँचजना घाइते बालबालिकालाई अस्पतालमा उपचार भइरहेकाे बताए । हालैका वर्षहरूमा ब्राजिलमा विद्यालयमा आक्रमणहरू बढ्दै गएका छन्। गत हप्ता साओ पाउलोमा एक विद्यार्थीले एक शिक्षकलाई छुरा प्रहार गरी अन्य धेरैलाई घाइते बनाएका थिए ।
आक्रकणकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनले धारिलो हतियार प्रयोग गरी बालबालिकाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आक्रमणको निन्दा गरेका छन्।
उनले घटनाको शीघ्र अनुसनधान गरी दोषीलाई कारबाही गर्न प्रशासनलाई निर्देशन दिएका छन्।






