काठमाडौँ – अमेरिकाको एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ।
अमेरिकाको टेनेसी राज्यको नासभिल सहरको प्राथमिक विद्यालयमा २८ वर्षको एक युवाले गोली चलाएको त्यहाँको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ९ वर्षका तीन बालबालिका र ६० वर्ष माथिका तीन वृद्ध वृद्धा रहेका छन्।
प्रहरीका अनुसार संदिग्ध व्यक्तिलाई विद्यालयको दोस्रो तल्लामा रहेको लबी क्षेत्रमा अधिकारीहरूले गोली हानेर मारेका थिए । न्यासभिलका प्रहरी प्रमुख जोन ड्रेकले संदिग्ध महिला भएको बताएका छन् ।






