काठमाडौँ – उपत्यकामा आज वर्षा हुने भएको छ । बिहानैबाट काठमाडौँ उपत्यकामा मौसममा बदली रहेको छ । आज दिनभर मौसममा बदली भइरहेको मौसमविद् शान्ति कँणेल बताउँछिन् ।
“आज दिनभर काठमाडौँ उपत्यकामा मौसममा बदली रहनेछ । केही समय खुले पनि मजाले घाम लाग्ने भन्ने हुँदैन,” उनले भनिन्, “आज काठमाडौंमा पानी पर्नेछ । मौसममा बदली बिहानैबाट सुरु भइसकेको छ ।
बुधबार र बिहीबार पनि काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ । “आजको जस्तो मौसममा उच्च बदली नरहे पनि भोलि र पर्सि पनि काठमाडौँ मा पानी पर्ने सम्भावना रहेको छ । तर, आजको भन्दा केही कम हुनेछ,” मौसमविद् कँणेल भन्छिन् ।
आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन / चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदीन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध मौसम पूर्वानुमान महाशाखाले गरेकाे छ।





