काठमाडौँ- अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
अदालतले उनीमाथि युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा रुसमा पुर्याइएको सहित युद्ध अपराधका लागि जिम्मेवार रहेको आरोप लगाएको छ।
उसले उक्त अपराध युक्रेनमा कम्तीमा २४ फेब्रुअरी २०२२ देखि भएको जनाएको छ।
त्यसैबेला रुसले युक्रेनमाथि पूर्ण मात्रामा आक्रमण सुरु गरेको थियो। तर रुसले आक्रमणका क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ।
Comments
Share






