काठमाडौँ – उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।
अपराह्नपछि काठमाडौँ सहित बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
उनका अनुसार राति पनि कोशी, बागमती, गण्डकी, र सुदूरपश्चिममा वर्षाको सम्भावना छ। बाँकी ठाउँमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ।
बिहान गण्डकी र लुम्बिनीका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली छ । बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपालमा अहिले स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएकाे छ ।





