२०७९ फागुन १२ गते, शुक्रवार, २४ फेब्रुअरी २०२३, फाल्गुण शुक्लपक्ष पञ्चमी तिथि, रेवती नक्षत्र, ८ः२३ बजेपछि अश्विनी, चन्द्रमा मीनराशिमा, ८ः३३ बजेपछि मेष
मेष –ARIES : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भैपरी आउने समस्याले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूका हातमा जानाले अर्थअभाव देखापर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। लोभ देखाउनेहरूले फसाउन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला। ऋणभार पनि बढ्न सक्छ।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धेरै उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ। आफूलाई धेरै लाभ नभए पनि दिगो योजना बन्नेछ। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम बन्न सक्छ। अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला। रोकिएका काम दोहोर्याउन सकिनेछ।अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
फाइदाका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। तत्काल चुनाैती देखिए पनि अवसर खाेज्ने समय छ। धेरै लाभ नभए पनि पछिका लागि काम गर्न सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्, गोपनीयतामा अलि सजग रहनुहोला। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। घरमा सुख र समृद्धिको आगमन हुनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सक्दो सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। पुरुषार्थले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ। ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ। प्रयत्न गर्दा विभिन्न अवसर पनि प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
अप्ठ्याराे परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। व्यावहारिक समस्याले कामविशेष राेकिन सक्छ। चाँडै सक्नुपर्ने कामकाे चाप पनि बढ्न सक्छ। फाइदाका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। तर, समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। अध्ययनमा समय दिन नसकिएला।
मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुनेछ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। योजना तत्काल सार्वजनिक नगर्नुहोला। कृषिबाट सामान्य लाभ हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। साझेदारीमा अरूको फाइदाका लागि उपयोग भइएला। शुभचिन्तकहरूले भने काममा साथ दिनेछन्।
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थिति अनुकूल बन्नाले नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल उठाउन सकिनेछ।
मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अभिव्यक्ति तथा लेखनकलामा पनि निखारता आउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा पनि सम्झौता गर्ने समय छ।







