काठमाडौँ- भारतको झारखण्डस्थित एक भवनमा भीषण आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ।
धनबादको बैंक मोड प्रहरी चौकी अन्तर्गत जोडा फाटक रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा भएको आगलागीमा १७ जना गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।
भवनमा धेरै मानिस फसेको आशंका गरिएको छ। फसेका ५० भन्दा बढीको उद्धार गरिएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उद्धार कार्य जारी रहेकाले यकिन संख्या पुष्टि हुन सकेको छैन ।
प्रधानमन्त्री नरेन्द्र मोदीले झारखण्डको धनबादमा आगलागीमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन् ।
उनले भने, “धनबादमा भएको आगलागीबाट ज्यान गुमाएकामा गहिरो दुःख लागेको छ । म चिन्तित छु उहाँहरुप्रति जो आफन्त गुमाउनुभएको छ। घाइतेहरुको छिट्टै निको होस् ।”






