Friday, April 24, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आजको राशिफल/ २०७९ माघ १ गते आइतवार

Sunday, January 15, 2023
आजको राशिफल/२०७९ असार १३ गते, साेमवार
1.6k
VIEWS
Website Development Website Development Website Development

२०७९ माघ १ गते आइतवार, १५ जनवरी २०२३, माघ कृष्णपक्ष अष्टमी तिथि, १४ः२९ बजेदेखि नवमी, चित्रा नक्षत्र, १४ः४७ बजेदेखि स्वाती,  चन्द्रमा तुलाराशिमा,

  मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

परिवेश उल्लासमय रहे पनि बाध्यतासामु निरीह बन्नुपर्ला। प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च बढ्नेछ। अरूको करकापमा काम गर्नुपर्ला। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। उधारोमा व्यापार हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने देखिन्छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।
वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जाेगिने प्रयत्न गर्नुहोला। सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिएला। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।

Order Cake Order Cake Order Cake
मिथुन  – GEMINI : का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। अरूको भरपर्दा धोका हुन सक्छ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र काम रोकिने समस्याले मन खिन्न हुन सक्छ। तापनि हल्लाको पछि नलागी कर्मयोगमा जुट्नुहोला, बिस्तारै काम बन्नेछन्।
कर्कट – CANCER : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुहोला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। लगनशीलताले अवसर दिलाउनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।

कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान प्राप्त हुनेछ।

तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते

इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो रहनेछ तापनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु

आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। नाम र दामका लागि गरिएको प्रयास व्यर्थ हुन सक्छ। आलोचकहरूले कमजोरी औंल्याउने हुँदा पछिको संकट टार्न सकिनेछ। परिस्थितिले खर्च निम्त्याए पनि लामो यात्रा अथवा रमाइला ठाउँहरूको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ।

धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भ

नयाँ काम र आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। पढाइमा प्रगति हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पेसातर्फ सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्।

मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता काममा पछि परिनेछ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। परिस्थितिवश अरूका काममा अमूल्य समय बित्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।

कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि

चुनौती देखिए पनि मेहनेत गर्दा फाइदा उठाउन सकिनेछ। तर सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा हुन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। व्यवसायमा लाग्नेहरूलाई सामान्य फाइदा हुनेछ।

Comments
Share
16
Shares

Related Posts

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध
राशिफल

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध

भृकुटीमण्डपमा आजदेखि घरजग्गा व्यवसाय सम्बन्धी प्रदर्शनी
राशिफल

घरजग्गा कारोबार बढ्न थाल्यो, पुसमा साढे ३ अर्ब रुपैयाँ राजस्व उठ्याे

आजको राशिफल/२०७९ चैत्र २१ गते मंगलबार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २४ गते शुक्रबार

आजको राशिफल/२०७९ चैत्र २६ गते आइतबार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २४ गते शुक्रबार

आजको राशिफल/२०८० जेठ १९ गते, शुक्रवार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २३ गते विहिबार

आजको राशिफल/२०७९ चैत्र २५ गते शनिबार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २२ गते बुधबार

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki