२०७९ पुस ३० गते शनिवार, १४ जनवरी २०२३, माघ कृष्णपक्ष सप्तमी तिथि, १४ः३४ बजेदेखि अष्टमी, हस्त नक्षत्र, १४ः१७ बजेदेखि चित्रा, चन्द्रमा कन्याराशिमा,
मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास्थ्य कमजोर रहनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ। विभिन्न अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। शुभचिन्तकहरूको साथ भने पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा प्रतीक्षा गरिएको काम बन्न सक्छ।
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। तर लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च लागे पनि लगानीको अवसर जुट्न सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। छिमेकमा केही असमझदारी देखिएला। बिनाकारण साथीभाइ टाढिन सक्छन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। शुभचिन्तकहरूका माध्यमबाट कर्जाको धन हातलागी हुनेछ।
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ। कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
ठूलो उपलब्धि प्राप्त गर्न केही कुरा गुमाउनुपर्ने हुन सक्छ। काममा लगानी बढाउनुपर्ला। मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउनेछ। सोखले दैनिकी खर्चिलो हुनेछ। उठेकाे रकम तत्काल खर्चनुपर्ने स्थिति पनि आउन सक्छ। आर्थिक फाइदा कमै भए पनि तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। नाेकरी तथा राजनीतिमा पनि केही अवसर प्राप्त हुने समय छ।
मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
कामकाे चापले व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। विगतका कमजोरी बाहिर आउनाले केही समस्या देखापर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेतले लाभ दिलाउनेछ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसर प्राप्त भए पनि थकान र अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। अरूको भरपर्दा लाभ उठाउन नसकिएला। शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नाले केही काम भने बन्नेछन्। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको साइत जुर्न सक्छ।







