Monday, June 1, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

तराईका धेरैजसो जिल्लामा शीतलहरका कारण कठ्याङ्ग्रिँदाे चिसो, अझै एक/दुई दिन लम्बिने :मौसमविद्

Friday, January 6, 2023
तराईका धेरैजसो जिल्लामा शीतलहरका कारण कठ्याङ्ग्रिँदाे चिसो, अझै एक/दुई दिन लम्बिने :मौसमविद्
3.4k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – तराई मधेसका धेरैजसो जिल्लामा शीतलहर सुरु भएको छ । शीतलहर अझै एक/दुई दिन लम्बिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार नेपालगञ्ज, भैरहवा सिमरामा अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियसभन्दा धेरैले घटेको छ । यी क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर ५ डिग्री सेल्सियसभन्दा कम छ । यस्तै, अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर धेरै फरक छैन ।

अधिकतम र न्यूनतम तापक्रम झण्डैझण्डै उस्तैउस्तै छ । सिमरादेखि नेपालगञ्जका धेरैजसो क्षेत्रमा मध्यम किसिमको शीतलहर र नेपालगञ्जदेखि पश्चिम तराईका जिल्लामा मन्द शीतलहर चलेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । यो अवस्था अझै एक/दुई दिन रहिरहने अनुमान गरिएको उहाँले बताउनुभयो ।

‘शीतलहरको पूर्वानुमान गर्न निकै कठिनाइ छ, त्यसैले यो कति दिनसम्म रहन्छ भनेर हामीले तोकेरै भन्न सकिने अवस्था छैन । तर, पछिल्लो अनुमानमा अझै एक/दुई दिन रहने देखिएको छ । यसपछि हामी फेरि पूर्वानुमान गरी जानकारी गराउने छौँ ’उहाँले भन्नुभयो ।

Order Cake Order Cake Order Cake

शीतलहर चलेका बेला बिहान, दिउँसाे र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदाे चिसो हुन्छ । अरु समयमा तापक्रममा उतारचढाव आउने गरे पनि शीतलहर चलेको बेला खासै उतारचढाव नआउने भएकाले जाडो धेरै हुन्छ । यस्तो बेला तातो न्यानो खानेकुरा खाने, न्यानो र बाक्ला कपडा लगाउने, आगो तथा हिटर ताप्ने गरे शरीरलाई न्यानो राख्न सकिन्छ । सावधानी नअपनाए मानवीय क्षति हुने जोेखिम धेरै हुन्छ । चिसोबाट जोगिन हिटर, कोइला तथा आगो ताप्दा सुरक्षित भने हुनुपर्छ ।

आगो ताप्दा आगलागीको सम्भावना हुने तथा हावा नछिर्ने गरी झ्याल ढोका बन्द गरेर हिटर र कोइला बाल्दा निस्सासिएर ज्यान जाने जोखिम हुने हुँदा सावधानी अपनाउन विज्ञको आग्रह छ । बिहानदेखि बेलुकासम्म नै बाक्लो हुस्सु कुहिरोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसोका कारण घर बाहिर निस्कनै समस्या भएको छ भने बजार पसल पनि बन्द छन् । धेरैजसो विद्यालय पनि बन्द गरिएको छ ।

Comments
Share
73
Shares

Related Posts

देशका केही भू–भागमा बिहानैबाट वर्षा, तराईमा हावाहुरीको समेत सम्भावना
मौसम

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको सम्भावना

मौसम

देशभर गर्मी बढ्दो, तराईमा अधिकतक तापक्रम ४० डिग्रीसम्म

देशका केही भू–भागमा बिहानैबाट वर्षा, तराईमा हावाहुरीको समेत सम्भावना
मौसम

मौसममा क्रमिक सुधार, कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिममा मौसम सफा, पश्चिम नेपालबाट मनुसन बाहिरिनेक्रम बिस्तारै पूर्वतर्फ सर्दै
मौसम

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का हिमपात र वर्षाको सम्भावना

आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह
मौसम

पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : सतर्कता अपनाउन आग्रह

देशका केही भू–भागमा बिहानैबाट वर्षा, तराईमा हावाहुरीको समेत सम्भावना
मौसम

आज पनि दिउँसोपछि केही ठाउँमा पानी पर्ने सम्भावना

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki