२०७९ पुस १० गते, आइतवार, २५ डिसेम्बर २०२२, पौष शुक्लपक्ष द्वितीया तिथि, ११ः४५ बजेदेखि तृतीया, उत्तराषाढा नक्षत्र, चन्द्रमा धनुराशिमा प्रातः ६ः५४ बजेदेखि मकरराशिमा
मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता अलि पछि परिनेछ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। परिस्थितिवश अरूका काममा अमूल्य समय बित्नेछ। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्नेछ।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लगनशीलताले नयाँ स्थानका साथै काम गर्ने अवसरसमेत दिलाउनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। हल्लाको पछि लाग्दा चिताएको काममा अलमल हुनेछ। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सकिनेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ।
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
आवेशको निर्णयले समस्या निम्त्याउनेछ। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। अध्ययनमा समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने सम्भावना छ। अनावश्यक अडान लिने बानीले वादविवादमा परिने सम्भावना छ। साइनाे गाँस्नेहरूले झुक्याउन सक्छन्, सजग रहनुहाेला।
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषितर्फ कामको चाप बढ्नेछ। चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सानो प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मेहनत गर्दा रोकिएका काम समेत सम्पादन हुने देखिन्छ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। पठन–पाठनमा पनि प्रगति गर्न सकिनेछ।
मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्नाले आर्थिक काममा बाधा हुनेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। चुनौतीपूर्ण कामको दायित्व लिनाले दु:ख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ।
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियार रहनुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। केही दौडधुप गर्नुपरे पनि पछिका लागि लगानी बढाउने समय छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला।
मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।







