२०७९ पुस २ गते, शनिवार, १७ डिसेम्बर २०२२, पाैष कृष्णपक्ष नवमी तिथि, हस्त नक्षत्र, चन्द्रमा कन्याराशिमा
मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आत्मविश्वासको कमीले पछि परिएला। नियमविपरीत बलजफ्ती काम गर्दा समस्यामा परिनेछ। खर्च हुने डरले पनि सताउन सक्छ। वादविवादले व्यर्थैमा मानहानि गराउनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। ईर्ष्या गर्नेहरूले पनि काममा अवरोध पुर्याउन सक्छन्।
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रमाइलाे भेटघाट भए पनि आफन्तसँग सुमधुर सम्बन्धका लागि सजग रहनुपर्ला। स्वास्थ्यमा पनि माैसमी समस्याले सताउन सक्छ। नयाँ कामको प्रस्ताव आए पनि आलस्य गर्ने बानीले लक्ष्यमा पुग्न विलम्ब हुनेछ। आतिथ्य, प्रतिष्ठा एवं लोकाचारले फजुल खर्च बढाउन सक्छ। आजको श्रमबाट पछिलाई लाभ हुनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। अर्थअभावले विशेष काम रोकिन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ। तापनि आर्थिक समस्या सुल्झाउन सकिनेछ। सरसापटमा गएको रकम हातलागी हुनेछ। केही खर्च लागे पनि यात्राकाे साइत जुर्न सक्छ। टाढाका साथीभाइ नजिकिनेछन्।
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
आँटले काम बन्नेछ र श्रमको उचित मूल्य प्राप्त हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। आवश्यक भौतिक साधन जुट्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ। तारिफयाेग्य कामले मानसम्मान पनि दिलाउनेछ।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। इच्छाविपरीत अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। आँटेकाे काम राेकिन सक्छ। तापनि साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। भौतिक साधनहरू प्राप्त हुनेछन्। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ।
मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताले कमजोर अनुभूति हुनेछ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपरे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। खर्च र समय लागे पनि मिहिनेत गर्दा पुन: काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काममा अरूको मुख ताक्नाले पछि परिनेछ। आँटले काम लिन नसकिएला। व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुताे लाग्न सक्छ। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुपर्ला। समय लागे पनि प्रयत्न गर्दा विगतका कमजाेरी सच्याउन सकिनेछ। सावधानीले फाइदा उठाउन सकिनेछ।







