Tuesday, April 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आजको राशिफल/२०७९ कार्तिक १८ गते, शुक्रवार

Friday, November 4, 2022
2.3k
VIEWS
Website Development Website Development Website Development

२०७९ कार्तिक १८ गते, शुक्रवार, ४ नाेभेम्बर २०२२, कार्तिक शुक्लपक्ष एकादशी तिथि, पूर्वाषाढा नक्षत्र, चन्द्रमा कुम्भराशिमा

मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। कामको राम्रै मूल्यांकन हुनेछ। कामकाे प्रतिफल हातलागी हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद-प्रतिष्ठा प्राप्त गर्ने बेला छ। अवसरले मन प्रफुल्लित गराउनेछ। धेरैले कामको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्।
मिथुन  – GEMINI : का, कि, कु, घ, ङ, छ, के, को, ह
काम बिग्रने भयले सताउनेछ भने प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। अरूको मुख ताक्नाले पछि परिनेछ। केही समय प्रतीक्षा गर्नुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। प्रयत्न गर्दा गुमेको स्थान प्राप्त हुनेछ।
कर्कट – CANCER : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। अप्ठ्यारो परिवेशमा काम गर्नुपर्ने अवस्था रहनेछ।

सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।

कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। शत्रुहरू किनारा लाग्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउने चेष्टा गर्नेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा दिगो फाइदा हुनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ।

तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थ्य समस्याले काम राेकिन सक्छ। अल्छी स्वभावले लक्ष्यमा पुग्न समस्या पर्नेछ। अध्ययनमा समय दिन नसकिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला। आत्मसम्मानका लागि मौन रहनुपर्ने समय छ। अनिच्छित काममा जुट्नुपर्दा हीनताबाेध हुनेछ। तापनि लगनशीलताले परिस्थितिलाई बदल्नेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ, परिस्थिति आफ्ना लागि भने प्रतिकूल रहनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारोमा पार्न सक्छ। काम बिग्रने डरले सताइरहनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बुद्धिको उपयोगले काम बन्नेछ।

धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भ

आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि

द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। अरूको वचन टाल्न नसक्दा दु:ख पाइनेछ। तर मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ। प्रतिस्पर्धामा भने सावधान रहनुहोला।

कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द

सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ। धन लाभका साथै आर्थिक क्रियाकलापमा समेत मनग्गे फाइदा हुनेछ।

मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

Comments
Order Cake Order Cake Order Cake
Share
126
Shares

Related Posts

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध
राशिफल

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध

भृकुटीमण्डपमा आजदेखि घरजग्गा व्यवसाय सम्बन्धी प्रदर्शनी
राशिफल

घरजग्गा कारोबार बढ्न थाल्यो, पुसमा साढे ३ अर्ब रुपैयाँ राजस्व उठ्याे

आजको राशिफल/२०७९ चैत्र २१ गते मंगलबार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २४ गते शुक्रबार

आजको राशिफल/२०७९ चैत्र २६ गते आइतबार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २४ गते शुक्रबार

आजको राशिफल/२०८० जेठ १९ गते, शुक्रवार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २३ गते विहिबार

आजको राशिफल/२०७९ चैत्र २५ गते शनिबार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २२ गते बुधबार

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki