काठमाडौं- भारतीय राष्ट्रिय कांग्रेसको छैटौं पटकको चुनावमा अध्यक्षमा मल्लिकार्जुन खर्गे निर्वाचित भएका छन् । प्रदेशबाट चुनिएर आएका प्रतिनिधिहरूले गरेको मतदानमा उनले शशी थरुरलाई ७ हजार ८९७ मतले हराएका हुन् । निर्वाचनमा कुल ९ हजार ३८५ मत खसेको थियो ।
कांग्रेस नेता प्रमोद तिवारीले कांग्रेस अध्यक्षमा मल्लिकार्जुन खर्गे विजयी भएको घोषणा गरेका छन् । तिवारीका अनुसार, मल्लिकार्जुन खर्गेले कांग्रेसको अध्यक्षको चुनावमा ७ हजार ८९७ मतले जितेका छन्, शशि थरुरले करिब १००० मत पाएका छन्। खर्गेले ८ गुणा बढी मत लिएर विजयी भएका छन्।ू
गान्धी परिवारकै निकट मानिएका खर्गे पछिल्लो २ दशकमा भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व गर्ने गान्धी परिवारभन्दा बाहिर रहेका थिए । खर्गेले अब अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई प्रतिस्थापन गर्नेछन् । सन् २०१९ को लोकसभा चुनावमा पराजय भोगेपछि सोनियाका छोरा राहुल गान्धीले राजीनामा गरेका थिए । त्यसपछि सोनिया अन्तरिम अध्यक्ष बनेकी थिइन् ।
अध्यक्षमा पराजित शशि थरुरले नवनिर्वाचित मल्लिकार्जुन खर्गेलाई सफलताको कामना पनि गरेका छन् ।






