२०७९ असोज २८ गते, शुक्रवार, १४ अक्टोबर २०२२, कार्तिक कृष्णपक्ष पञ्चमी तिथि, राेहिणी नक्षत्र, चन्द्रमा वृषराशिमा
मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ, स्वास्थ्य समस्याले कमजोरी अनुभूति हुनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्नेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। अवसरका लागि चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूबाट साथ पाइनेछ। कामको योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ।
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। पहिले सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। आफ्नो क्षेत्रमा समेत अरूले हस्तक्षेप गर्न सक्छन्।
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त भइरहनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। प्रतिकूल परिस्थितिका बाबजुद लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ।
मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि अवसरले उत्साह जगाउनेछ। रोकिएको अध्ययन पूरा हुनेछ। समस्या सुल्झाउन गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। मिहिनेतले काम बनाउन सकिनेछ।
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।
![]()
मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ।







