२०७९ असाेज १६ गते, आइतवार, २ अक्टाेबर २०२२, आश्विन शुक्लपक्ष सप्तमी तिथि, मूल नक्षत्र, चन्द्रमा धनुराशिमा
मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शुभचिन्तकहरूले साथ दिने हुँदा प्रतिष्ठित काम गर्ने मौका छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। सानो प्रयत्नले नाम, दाम र इनाम दिलाउनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ। व्यापारमा राम्रै उपलब्धि हासिल हुनेछ।
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अन्योलमा मान्यजनको सुझावले लाभ हुनेछ। प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ।
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
चिताएकाे काम बन्नाले उत्साह जाग्नेछ। नयाँँ काम सुरु हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। सानातिना काममै अल्झनुपर्दा लक्ष्यमा पुग्न बाधा पर्नेछ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने हुन सक्छ। नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अध्ययनमा त्यति समय दिन नसकिएला। प्रयत्न गर्दा पछि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
आफ्नाले सहयोग नगर्दा काम राेकिनेछ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। प्रतीक्षित नतिजा पनि केही कमजोर रहला। दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ।
मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो काममा लगानी गर्ने मौका छ। खर्चिलाे काम थाल्नाले कामकाे लागत बढ्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ।
![]()
मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।







