Thursday, December 11, 2025
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आजको राशिफल/२०७९ साउन २७ गते, शुक्रवार

Friday, August 12, 2022
आजको राशिफल/२०७९ साउन २७ गते, शुक्रवार
990
VIEWS
Website Development Website Development Website Development

२०७९ साउन २७ गते, शुक्रवार, १२ अगस्ट २०२२, श्रावण शुक्लपक्ष पूर्णिमा तिथि, ७ः२५ बजेदेखि भाद्र कृष्ण प्रतिपदा, धनिष्ठा नक्षत्र, चन्द्रमा  मकरराशिमा  , १६ः३४ बजेदेखि कुम्भराशिमा

मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।

Order Cake Order Cake Order Cake

वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। सजिलै काम सम्पादन हुनाले दिगो योजना बन्नेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ।

मिथुन  – GEMINI : का, कि, कु, घ, ङ, छ, के, को, ह

शरीर कमजोर बन्नाले समयमा काम गर्न समस्या पर्नेछ। आफ्नाे गोपनीयता बाहिरिनाले समस्यामा परिनेछ। स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला। खर्च लागे पनि दिगो काम फेला पर्न सक्छ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। चुनौती पन्छाउँदै रोकिएका काम गर्न सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।

कर्कट – CANCER : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साथीभाइ जुट्नाले सजिलै उद्देश्य पूरा हुनेछ। सानो प्रयत्नले राम्रो नतिजा दिलाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। मनग्गे अर्थ लाभ हुनेछ।

सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खर्च लागे पनि रोकिएको काम सम्पादन हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। दिगो आम्दानी हुने काम फेला पर्नेछ। बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा साथीभाइ टाढिनेछन्। तापनि पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ।

वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। अरूका लागि काम गर्नुपरे पनि धनलाभ भने हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रचनात्मक काममा जुट्ने समय छ। चुनौती पन्छाएर पनि कामकाे जग बसाउने मौका छ।

धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भ

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।

मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ।

मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि राम्रो नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने समय छ।,

Comments
Share
94
Shares

Related Posts

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध
राशिफल

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध

भृकुटीमण्डपमा आजदेखि घरजग्गा व्यवसाय सम्बन्धी प्रदर्शनी
राशिफल

घरजग्गा कारोबार बढ्न थाल्यो, पुसमा साढे ३ अर्ब रुपैयाँ राजस्व उठ्याे

आजको राशिफल/२०७९ चैत्र २१ गते मंगलबार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २४ गते शुक्रबार

आजको राशिफल/२०७९ चैत्र २६ गते आइतबार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २४ गते शुक्रबार

आजको राशिफल/२०८० जेठ १९ गते, शुक्रवार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २३ गते विहिबार

आजको राशिफल/२०७९ चैत्र २५ गते शनिबार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २२ गते बुधबार

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
ताजा अक्षर
ग्वार्कोमा बनेको 'ओभरपास’मा आजदेखि गाडी चल्ने
ताजा अक्षर
मन्त्रीको राजीनामासँगै शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास अलपत्र
ताजा अक्षर
आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
ताजा अक्षर
समाचार
कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी
समाचार
भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै
समाचार
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी ८ मतले विजयी, अरु पदमा अनेरास्ववियु
समाचार
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki