युएई- संयुक्त अबर इमिरेट्समा भीषण बर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित पारेको छ ।
सामान्यतः मरुभूमि देशहरुमा बर्षा हुँदैन, यदि भयो भनेपनि सिमसिम बर्षा मात्र हुन्छ त्यो पनि चिसो मौसममा मात्र हुने गर्छ । अहिले प्रचण्ड गर्मिहुने मौसममा भएको यो बर्षालाई मौसम बिद्हरुले अर्थ पूणरुपमा लिएका छन्। जलवायु परिवर्तनको असरको कारण एस्तो हुनगएको उनीहरुको निष्कर्ष रहेको छ ।
भीषण बर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित पारेको छ । बाढीका कारण मानिसहरु विभिन्न ठाउँहरुमा थुनिएका छन् ।
शारजाह र फुजाइराह शहरहरुमा उद्दारका लागि उद्दारकर्मीहरु खटिएका छन् । समस्यामा परेकाहरुलाई उद्दार गर्न समेत कठिनाइ भएको छ ।
सबैभन्दा बढी फुजाइराह शहर प्रभावित भएको छ । आबुधाबी र दुबईमा भने पानी नै कम परेको छ । बाढी आउनसक्ने ठाउँहरुमा सरकारले सतर्कता अपनाउन आग्रह गरेको र सकेसम्म सुरक्षित स्थानमा बस्न भनिएको छ ।
बाढीले घरबारबिहीन भएकाहरुलाई विभिन्न होटलहरुमा लगेर राखिएको छ। निरन्तर बर्षा भइरहेकोले अझैं केही समय बाढीको बहाब बढ्न सक्ने भन्दै अधिकारीहरुले थप उद्दारको व्यवस्था गरेको जानकारी दिएका छन ।






