Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

ताइवानको सिमानामा चिनियाँद्वारा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति

Friday, August 5, 2022
ताइवानको सिमानामा चिनियाँद्वारा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति
2.8k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण लगत्तै व्यापक सैन्य अभ्यास सुरू गरेको चीनले ताइवान वरपर क्षेप्यास्त्र प्रहार गरेको छ।

चीनले प्रहार गरेका पाँच वटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए। ताइवानले भने आफ्नो भूमि वरपर चीनले हालसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको दाबी गरेको छ।

रोएटर्सका अनुसार ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन्।

Order Cake Order Cake Order Cake

चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ।

स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरू भएको थियो र यस टापु राष्ट्रको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ।

हाल ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्। यद्यपि, ताइपेईको जनजीवन सामान्य चलिरहेको बीबीसीले  जनाएको छ।

चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पेलोसीको भ्रमणलाई सार्वभौमसत्तामाथिको चुनौती ठानेको छ। यता, ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको बताएको छ।

यसैबीच ताइवानको विषयमा जी सेभेन देशहरूको समूहलाई जवाफ दिँदै चीनले यो समूहले विश्वव्यापी समुदायको प्रतिनिधित्व नगर्ने दाबी गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा शुनयाङले सामाजिक सञ्जालमार्फत जी सेभेनले विश्व समुदायको प्रतिनिधित्व नगर्ने भन्दै तिनीहरूको विचारले संसारको एउटा सानो अंश मात्र प्रतिनिधित्व गर्ने बताएकी छन्। जी सेभेनलाई ‘तानाशाह’ को संज्ञा दिँदै उनले अगाडि भनेकी छन्- सिंगापुरका विद्वान किशोर महबुबानीले ठीकै लेखेका हुन्, जी सेभेन विश्वव्यापी रूपमा तानाशाही छ।’

यसअघि जी सेभेनका विदेश मन्त्रीहरूले एक संयुक्त वक्तव्य जारी गर्दै चीनको प्रतिक्रियाले तनाव बढाउने र यो क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको बताएका थिए।

ताइवानमाथि आफ्नो दाबीलाई झनै बलियो बनाउन चीनले सैन्य गतिविधि बढाएको कतिपयको आशंका छ। हालसालै मात्रै ताइवान स्ट्रेटलाई अन्तर्राष्ट्रिय जलमार्ग मान्न नसकिने घोषणा चीनले गरेको थियो।

त्यसबाहेक चीनले ताइवानबाट कृषिजन्य सामाग्री आयात रोकेको छ। चीनका विदेश मन्त्री वाङ् यीले राष्ट्रपति सी चिनफिङले भन्ने गरेको चेतावनी दोहोर्‍याएका छन्- ‘आगोसँग खेल्नेहरू खरानी हुने छन् र चीनको अपमान गर्नेले निश्चय नै सजाय पाउने छन्।’

चीनको कडा चेतावनीका बाबजुद्  ताइवानकी राष्ट्रपति चाइ इङ वेनले पेलोसीको न्यानो स्वागत गरिन्। स्वागत मन्तव्यमा उनले भनेकी छिन्, ‘ताइवानलाई डराउन नियोजित रूपमा बढाइएका सैन्य गतिविधिले हामी विचलित भएका छैनौं। राष्ट्रको सार्वभौमिकता र प्रजातन्त्रको रक्षाका निम्ति हामी दृढतापूर्वक उभिनेछौं।’

ताइवानकी राष्ट्रपतिसँग पेलोसीले ताइवानको प्रजातन्त्र रक्षाका निम्ति अमेरिकी ऐक्यवद्धता रहने बताइन्। ‘संसार नै निरंकुशता वा प्रजातन्त्रको छनौटको सामना गरिररहेको छ। ताइवानमा र संसारभर प्रजातन्त्रको रक्षाका निम्ति अमेरिका कवजको रूपमा उभिनेछ,’ उनले भनेकी छन्।

पेलोसीले ताइवानसँग सम्भावित आर्थिक कारोबारको विषयमा पनि छलफल गरेकी छिन्। ताइवानकी राष्ट्रपतिले पेलोसीलाई विशेष सम्मान अपर्ण गरिन्।

ताइपेईको १ सय १ तल्लाको भवनमा  प्रकाशको माध्यमबाट धन्यवाद अमेरिका, प्रजातन्त्र र ताइवानको साथी अमेरिका सहितका शब्द लेखिएका थिए।

Comments
Share
186
Shares

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki