Thursday, June 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आज नेपाल निर्णायक खेलमा बंगालदेशसँग भिड्दै

Tuesday, August 2, 2022
साफ यू-२० च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ४–० ले हरायाे
1.6k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। पाँच देश सम्मिलित यो प्रतियोगिताको समूह चरणको अन्तिम दिन नेपाल र बंगलादेश तथा भारत र माल्दिभ्सबीच खेल हुँदैछ।

नेपाल र बंगलादेशबीच दिउँस सवा चार बजे कालिङ्गा रंगशालामा प्रतिस्पर्धा हुनेछ। आयोजक भारत र माल्दिभ्स साँझ सवा सात बजे भिड्नेछन्।

समूह चरणका शीर्ष दुई टिम फाइनल पुग्ने प्रावधानअनुसार ९ अंक जोडेर शीर्ष स्थानमा रहेको बंगलादेश, ६ अंक जोडेको दोस्रो स्थानको भारत र ६ अंक नै जोडेको तेस्रो स्थानको नेपाल फाइनल पुग्ने होडमा छन्।

Order Cake Order Cake Order Cake

श्रीलंका र माल्दिभ्स भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्।  सुरुवाती दुई खेलमा माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपालले भारतविरुद्धको तेस्रो खेलमा भने नमिठो हार बेहोरेको थियो। तेस्रो खेलमा घरेलु टिम भारतसँग ८-० गोलले पराजित हुँदा नेपालको फाइनल यात्रा पनि कठिन बनेको थियो।

नेपाललाई फाइनल पुग्न आजको खेलमा जित आवश्यक छ। हारले नेपालको फाइनल यात्रा समाप्त हुनेछ। बराबरी खेलेको अवस्थामा नेपालको फाइनल पुग्ने सम्भावना हुनेछ। त्यसका लागि भारतको खेलमा भर पर्नु पर्नेछ।

प्रतियोगितामा टिमको प्राप्त अंकपछि हेड टु हेडलाई मान्यता दिने नियम छ। आजको खेलमा नेपाल र भारत विजयी भएमा तीन टिमको अंक बराबरी हुनेछ। जसमा नेपाल भारतसँग हेड टु हेडमा पछि छ।

बंगलादेशले पहिलो खेलमा आयोजक भारतलाई २-१ गोलले पराजित गर्दै सनसनी मच्चाएको थियो। त्यसपछि श्रीलंका र माल्दिभ्सलाई पराजित गर्दै बंगलादेश लगातार तीन खेलमा विजयी भयो।

प्रतियोगितामा अपराजित बंगलादेशविरूद्ध नेपाललाई खेल्न सहज हुनेछैन। पछिल्लो समय युथ फुटबलमा लगानी गरेको बंगलादेश उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको थियो।

नेपालका प्रशिक्षक मेघराज केसीले बंगलादेशविरुद्धको खेलमा जितका लागि सम्पूर्ण शक्ति खर्च गर्ने बताएका छन्।

Comments
Share
826
Shares

Related Posts

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो
खेलकुद

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस
खेलकुद

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो
खेलकुद

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित

वर्षाले खेल रद्द भएपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
खेलकुद

वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki