एजेन्सी – चीनको उत्तरपश्चिमी गान्सु प्रान्त र दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तका केही भागमा सनिबार आएको भारी वर्षा र बाढीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् जसका कारण भौतिकरुपमा ठूलो क्षति पुगेको छ । शनिबार पहाड नै भत्किँदा जन धनमा निकै असर परेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
बेयिन सहरको जिंगताई काउन्टीमा उक्त पहिरो बिहान ११ः१५ बजेतिर खसेको जानकारी दिएका छन्। विद्युत र सञ्चारमा व्यापक अवरोध पुगेको छ ।
बाढीबाट सिचुआन र गान्सुका ४०,००० भन्दा बढी मानिस प्रभावित भएका छन्, जसमा बेचुआनमा १,३२३ र लोङ्गनानमा २,९७६ जनालाई स्थानान्तरण गरिएको छ, जबकि उद्धार कार्य व्यवस्थित रूपमा भइरहेको छ, स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरूमा उल्लेख छ ।






