काठमाडौं– विगत दुई दिन देखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा अत्याधिक गर्मी बढेको छ ।
मनसुन सिजनमा पानी नपर्दा र न्यूनचापीय प्रणाली सरदरभन्दा दक्षिणतर्फ सक्रिय रहेकाले गर्मी बढेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई, पहाड र हिमाल सबै क्षेत्रमा गर्मी बढ्दो क्रममा छ ।
आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३१.५ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन गरिएको छ । गर्मी बढ्नुको मुख्य कारण नै सक्रिय मनसुनमा पानी नपर्नु हो ।”
अघिल्लो साता देशभर वर्षा भएकाले तापक्रम घटेको र कम गर्मी महसुस गरिएको थियो । मौसम तथा पुर्वानुमान महाशाखाका अनुसार भोली सोमबार सम्म एस्तै गर्मी रहने भएकोले सजग रहन र प्रयाप्त मात्रामा पानी पिउन आग्रह गरेको छ ।





