काठमाण्डाै – शुक्रबार हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको आज अन्त्येष्टि गरिँदैछ।
समाचार संस्था रोयटर्सका अनुसार टोकियोको जोजोजी मन्दिरमा राखिएको आबेको पार्थिव शरिरमा अहिले जापानीहरूले अन्तिम सम्मान व्यक्त गरिरहेका छन्। आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिँदैछ । आबेको पार्थिव शरीरलाई गृहनगर टोकियोमा राखिएको छ ।
अन्त्येष्टि गर्नुअघि शिन्जो आबेको परिवारले प्रार्थना सभा गरेका छन् । सभामा जापानका प्रधानमन्त्री फुमिया किशिदालगायत सहभागी हुनुभएको थियो । शुक्रबार नारा शहरमा एक चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला उहाँलाई गोली हानिएको थियो । गोली लागेका ६७ वर्षका आबेको उपचारका क्रममा ज्यान गएको थियो ।
आबेलाई गोली हानेका ४१ वर्षका पुरुषलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । साथै जापान प्रहरीले पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा कमजोरी भएको स्वीकार पनि गरेको छ ।






