Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

बेलायतमा मन्त्री, सल्लाहकारसहित ४० जनाभन्दा धेरैकाे राजीनामा : प्रधानमन्त्री दबाबमा

Thursday, July 7, 2022
बेलायतमा मन्त्री, सल्लाहकारसहित ४० जनाभन्दा धेरैकाे राजीनामा : प्रधानमन्त्री दबाबमा
993
VIEWS
Website Development Website Development Website Development

एजेन्सी

काठमाडौँ — बेलायतमा मन्त्रीसहित विभिन्न जिम्मेवारी सम्हालेका सल्लाहकारले राजीनामा दिएका छन् । सरकारका प्रभावशाली केही मन्त्री तथा सल्लाहकार गरी ४० जनाभन्दा धेरैले राजीनामा दिएपछि बेलायती प्रधानमन्त्री बोरिस जाेनसन दबाबमा पर्नुभएको छ ।

अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाभेदले राजीनामा गरेको २४ घण्टा बित्न नपाउँदै जाेनसनको साथ छोड्ने मन्त्री र सल्लाहकारको सङ्ख्या ४० भन्दा धेरै पुगेको बीबीसीले जनाएको छ ।

Order Cake Order Cake Order Cake

आफ्नै मन्त्रिपरिषद्का मन्त्री र सल्लाहकारले नै राजीनामा दिएपछि प्रधानमन्त्री जाेनसन दबाबमा पर्नुभएको हो । उहाँको कन्जरभेटिभ पार्टीभित्र र बाहिरबाट राजीनामा माग गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गृहमन्त्री प्रीति पटेललगायतले अनौपचारिक रूपमा भेटेर राजीनामा दिन सुझाए पनि जाेनसन त्यसका लागि तयार नभएको खबरमा उल्लेख छ । बेलायतमा राजनीतिक सङ्कट गहिरिएको छ । प्रधानमन्त्री जाेनसनको कार्यशैलीप्रति चर्को आलोचना हुँदै आएको छ । तर उहाँले सन् २०१९ को चुनावले दिएको जनादेश आफूसँग रहेको भन्दै मन्त्रीहरु परिवर्तनले जनादेश नगुम्ने बताउनुभएको छ ।

सत्तारुढ दल कन्जरभेटिभ भित्रै प्रधानमन्त्री जाेनसनको विकल्प खोज्न यसअघि ल्याइएको अविश्वास प्रस्ताव विफल भएको थियो । अहिलेको नियम अनुसार उहाँले एक वर्षका लागि अर्को त्यस्तो चुनौतीको सामना गर्नुपर्ने छैन । तर अर्को अविश्वास प्रस्तावका लागि पार्टीको विधान परिवर्तन गर्ने प्रयास भइरहेको छ ।

बीबीसीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जाेनसनले क्रिस पिन्चरविरुद्ध लागेकाे यौन दुर्व्यवहारसम्बन्धी आरोपबारे जानकारी हुँदाहुँदै पनि आफूले सहायक प्रमुख सचेतक नियुक्त गर्नु गल्ती भएको स्वीकार गर्नुभएको छ । जाेनसनले गल्ती स्वीकार गरेपछि राजनीतिले नयाँ मोड लिएको हो ।

Comments
Share
575
Shares

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki