बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। आफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले निराश तुल्याउन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ।
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि सामान्य उपलब्धि हातपार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला। मिहिनेतले आंशिक सफलता भने दिलाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्।
मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। पठन–पाठनमा प्रगति हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। व्यापारमा राम्रै फाइदा हुनेछ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ।
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुन सक्छ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला।
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। समय र कामकाे तालमेल नहुँदा केही पछि परिनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्। उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्ला। तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। फाइदा कमै भए पनि तारिफयोग्य काम थालनी गर्न सकिनेछ।
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। समय र कामकाे तालमेल नहुँदा केही पछि परिनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्। उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्ला। तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। फाइदा कमै भए पनि तारिफयोग्य काम थालनी गर्न सकिनेछ।।
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ।
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ।
मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। धन र भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। लोकप्रिय कामले समाजमा स्थापित बनाउन सक्छ।
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। राेग वा शत्रुबाधा देखापर्ने हुँदा काम राेकिन सक्छ। मिहिनेतले राम्राे उपलब्धि दिलाउनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। काममा व्यस्तता बढे पनि अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ।
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम गर्ने मौका आउला। प्रतीक्षित नतिजा सबल नै रहनेछ।







