Monday, June 1, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

देशका धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षा : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Wednesday, June 29, 2022
देशका धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षा : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
993
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परिरहेको छ । सातै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको झरी छ भने केही ठाउँमा ठूलो वर्षा भएको छ ।

वर्षाका कारण सबैभन्दा धेरै असर प्रदेश-१ मा परेको छ । मोरङको गछिया खोलामा आएको बाढीले बगाउँदा सुन्दर हरैँचा-६ का ५८ वर्षका रामबहादुर विकको ज्यान गएको छ मोरङका धेरै ठाउँ डुबानमा परेको छ ।

यस्तै, झापामा पनि धेरै ठाउँ डुबानमा परेका छन् । लगातारको झरीले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । प्रहरीले डुबान प्रभावित ठाउँका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सार्न थालेको छ ।

Order Cake Order Cake Order Cake

झापा र मोरङका झन्डै एक हजार जनालाई सुरक्षित ठाउँमा सारियो 

देशका विभिन्न ठाउँमा डुबानमा परेका २ सय ८८ घरका झन्डै एक हजार नागरिकलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । लगातारको वर्षापछि जोखिममा परेका ९ सय ३४ जना व्यक्तिलाई सशस्त्र प्रहरीले हिजो उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरेको हो ।

झापाको गौरीगञ्ज गाउँपालिका–१ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीमा माई नदी र कमला खोलाकाे पानीको बहाव बढेर ३८ घर डुबानमा परेका र झन्डै १ सय ५० जनालाई सुरक्षित ठाउँमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै झापाको बाह्रदशी गाउँपालिका–२ सुकुम्वासी बस्ती पनि डुबानमा परेको छ ।

त्यहाँ ६० घरबाट खाद्यान्न लगायतका सामग्री सुरक्षित ठाउँमा सारिएको छ । मोरङको कटहरी गाउँपालिका–१ टाइगर टोलका डुबान प्रभावित १ सय ३० वटा घरका झन्डै ५ सय २० जनालाई र खाद्यान्न तथा सरसामान सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका–१ परोपकार इलाकामा रहेको ६० घरका डुबान प्रभावित २ सय ६४ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

नदी तटीय र डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाले नदी तथा खोलामा पानीको सतह बढेको छ । अहिले कैलाली, कञ्चनपुर र आसपासका ठाउँमा ठूलो पानी परिरहेको छ । कैलालीको कान्द्रा नदी जलसतहले सतर्कता तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले कान्द्रा, मोहना, खुटीयालगायत नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले नदी तटीय होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै दाङ घोराही र आसपासको क्षेत्र, बाग्लुङकाे गलकोट आसपासमा पनि ठूलो पानी परेको छ । त्यहाँ भारी वर्षा मापन गरिएको छ । साथै बबईसहित अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Comments
Share
1.2K
Shares

Related Posts

देशका केही भू–भागमा बिहानैबाट वर्षा, तराईमा हावाहुरीको समेत सम्भावना
मौसम

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको सम्भावना

मौसम

देशभर गर्मी बढ्दो, तराईमा अधिकतक तापक्रम ४० डिग्रीसम्म

देशका केही भू–भागमा बिहानैबाट वर्षा, तराईमा हावाहुरीको समेत सम्भावना
मौसम

मौसममा क्रमिक सुधार, कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिममा मौसम सफा, पश्चिम नेपालबाट मनुसन बाहिरिनेक्रम बिस्तारै पूर्वतर्फ सर्दै
मौसम

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का हिमपात र वर्षाको सम्भावना

आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह
मौसम

पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : सतर्कता अपनाउन आग्रह

देशका केही भू–भागमा बिहानैबाट वर्षा, तराईमा हावाहुरीको समेत सम्भावना
मौसम

आज पनि दिउँसोपछि केही ठाउँमा पानी पर्ने सम्भावना

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki