एजेन्सि– भारतका पूर्व क्रिकेटर तथा राजनीतिज्ञ नवजोतसिंह सिद्धु जेल पुगेका छन्। भारतको सर्वोच्च अदालतले सन् १९८८ को ‘रोडरेज’ घटनामा पुनर्विचार गर्दै एक वर्षको जेल सजाय सुनाएपछि उनी शुक्रबार जेल गएका हुन्।
३४ वर्षको घटनाले सिद्धुलाई जेल पुर्याएको हो। सन् १९८८ डिसेम्बर २७ मा गाडी पार्किङका विषयमा गुरनाम सिंहसँग सिद्धुको झगडा भएको थियो। हात हालाहालमा गुरनाम सिंहको उपचारका क्रममा मृत्यु भएको थियो। त्यसबेला जिल्ला अदालतले नियतवश नभई भवितब्य भएको भन्दै निर्दोष ठहर गरेको थियो। त्यसपछि हरियाना उच्च न्यायालयले सन् २००६ मा दोषी ठहर्याउँदै तीन वर्षको जेल सजाय सुनाएको थियो।
सर्वोच्च अदालतले सन् २०१८ मा सिद्धुलाई दोषी ठहर्याउँदै एक हजार जरिवाना गर्ने आदेश दिएको थियो। तर, पीडित पक्षले फैसलाविरुद्ध पुनः अपील गरेपछि अदालतले सिद्धुलाई दोषी ठहर्याउँदै एक वर्षको जेल सजाय सुनाइएको हो।






