काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिने बताएका छन् । आगामी बजेटको सिद्धान्त र प्राथमिकतासम्बन्धी संसद्मा भएको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै उनले कृषि क्षेत्रले नै राष्ट्रलाई आत्मनिर्भर गराउन सक्ने बताए ।
कृषि क्षेत्रलाई प्राथमिकता दिँदा त्यसले गरिबी निवारण गर्ने, रोजगारी सिर्जना गर्ने र आयात प्रतिस्थापन गर्ने बताए । उनले बाजुराका जनता, रौतहटको मुसहर बस्ती, र माथिल्लो गोरखाका जनजातिहरूको तस्बिर आफ्नो कार्यकक्षमा रहेको भन्दै सोही तस्बिरबाट बजेटको सिद्धान्त निर्देशित रहेको बतए ।
मन्त्री शर्माले सांसद विकास कोषको नामले चिनिने स्थानीय विकास साझेदारी कार्यक्रमलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने पनि बताए ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिने बताएका छन् । आगामी बजेटको सिद्धान्त र प्राथमिकतासम्बन्धी संसद्मा भएको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै उनले कृषि क्षेत्रले नै राष्ट्रलाई आत्मनिर्भर गराउन सक्ने बताए ।