Sunday, June 21, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

संसद विघटन गर्दै अधिनायकवादी शैली प्रदर्शन पछि चुनावी गठबन्धन बनेको : देउवा

Tuesday, May 10, 2022
संसद विघटन गर्दै अधिनायकवादी शैली प्रदर्शन पछि  चुनावी गठबन्धन बनेको : देउवा
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं–  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सक्रिय सहभागी भएर स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन अपिल गरेका छन् । चुनावी प्रचारप्रसारको क्रममा गृहजिल्ला डडेल्धुरामा रहेका देउवाले कठिन साधना र समर्पणमा आएको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने भन्दै स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन आह्वान गरेका हुन् ।

देउवाले पटकपटक संसद विघटन गर्दै अधिनायकवादी शैली प्रदर्शन गरेपछि अहिलेको सत्ता र चुनावी गठबन्धन बनेको पनि प्रष्ट्याएका छन् ।
‘नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधान सभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम तपाईं हाम्रा सामु छर्लङ्ग छ’ देउवाले भनेका छन्, ‘यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनु पर्ने अवस्था बारे तपाईं हामी सबै जानकार नै छौं ।’

देउवाले आफ्नो कार्यकालमा भएको कामको फेहरिस्त पनि प्रस्तुत गरेका छन् ।

Order Cake Order Cake Order Cake

‘लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोभिड—१९ को महामारीको त्राशदीमा रहेका आम नागरिकलाई २०७८ चैत्रभित्र खोप उपलब्ध गराउने प्रतिवद्धता समयमै पूरा भएको छ । अन्योलमा रहेको मेलम्चीको खानेपानी यही बैशाख भित्र वितरण गरी काठमाडौं नगरवासीको आकांक्षा पूरा गर्न सरकार सफल भएको छ’ देउवाले भनेका छन्, ‘नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ । सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रिय समुदाय माझ भरोसा र विश्वास बढेको छ । संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका छन् । भ्रष्टाचारलाई निरुत्साहित गर्दै सु–शासनका पक्षमा उल्लेखनीय काम भैरहेका छन् ।’

 

यस्तो छ देउवाको अपिल

आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,

यही वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर हाम्रो ऐतिहासिक पार्टी नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मतले विजयी बनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।

स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार हो । स्थानीय तह संघीय शासन प्रणालीको आधारस्तम्भ पनि हो । हरेक नागरिकका सुखदुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र पनि हो । नेपाली कांग्रेसको नेतृत्वमा दशकौंसम्म भएका लोकतान्त्रिक संघर्षको अविराम यात्राका थुप्रै आरोह, अवरोह र चुनौति पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैं बनाउने अवसर प्राप्त गरेका छन् । अत्यन्त कठीन साधना र समर्पणको फलस्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान अभियानमा निर्भिकता साथ सहभागी भई मतदान गर्न आह्वान गर्दछु ।

नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको इतिहास साक्षी छ । नेपालका हरेक राजनीतिक आन्दोलन र त्यसको सफलतामा नेपाली कांग्रेसको निर्णायक भूमिका रहँदै आएको छ । नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधान सभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम तपाईं हाम्रा सामु छर्लङ्ग छ । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनु पर्ने अवस्था बारे तपाईं हामी सबै जानकार नै छौं ।

नेपाली कांग्रेस एउटा राष्ट्रिय संकल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना–ज्ञान र प्रविधिका जानकार जनशक्ति र राजनीतिक एवं शासकीय स्थिरताका लागि प्रतिवद्ध छ । कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवद्र्धन, जलविद्युतको उत्पादन, पूर्वाधार विकास, रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने लगायतका सङ्कल्प नेपाली कांग्रेसले लिएको छ ।

लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोभिड—१९ को महामारीको त्राशदीमा रहेका आम नागरिकलाई २०७८ चैत्रभित्र खोप उपलब्ध गराउने प्रतिवद्धता समयमै पूरा भएको छ । अन्योलमा रहेको मेलम्चीको खानेपानी यही बैशाख भित्र वितरण गरी काठमाडौं नगरवासीको आकांक्षा पूरा गर्न सरकार सफल भएको छ । नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ । सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रिय समुदाय माझ भरोसा र विश्वास बढेको छ । संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका छन् । भ्रष्टाचारलाई निरुत्साहित गर्दै सु–शासनका पक्षमा उल्लेखनीय काम भैरहेका छन् ।

पहिलो स्थानीय तह निर्वाचनकै बेलादेखि सिंहदरवारबाट शासन र विकास निर्माणका काम तराई–मधेशदेखि हिमाल–पहाडका गाउँ नगरसम्म पु¥याउने अभियानमा कांग्रेस लाग्दै आएको छ । स्थानीय तहमा उपलब्ध अवसर एवं स्रोत साधनको अधिकतम परिचालन गर्दै संघ र प्रदेशको समन्यायिक सहयोग र समन्वयमा विशेष गरी युवा पुस्ताको सिर्जनशीलता, उद्यमशीलता, रोजगारी र आय आर्जनका माध्यमबाट आर्थिक समुन्नति हासिल गर्ने तर्फ नेपाली कांग्रेस क्रियाशील हुनेछ । स्थानीय तहलाई कानूनतः सबल र समृद्ध बनाउने प्रतिवद्धता पूरा गर्न नेपाली कांग्रेस कसैसँग सम्झौता गर्दैन । तर नीति निर्माण र कानून बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक र अलोकतान्त्रिक क्रियाकलाप नै यसका बाधक छन् भन्ने प्रष्टै छ ।

आम नागरिक तथा राजनीतिक दलहरुको विश्वासमा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयनमा फेरि एकपटक ईटा थप्ने अवसर प्राप्त गरेको छ । स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगमा सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि सुसंस्कारयुक्त राजनीतिक बागडोरको जिम्मा लगाउने अधिकार तपाईं आमाबुवा, दिदीबहिनी तथा दाजुभाइका हातमा आएको छ । नेपाली कांग्रेस आम नेपाली नागरिकको ढुकढुकी हो । ‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’ । ‘सबल स्थानीय सरकार ः समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो । यो विश्वासका साथ ‘रूख’ चिह्नमा मतदान गरी नेपाली कांग्रेसका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराउनु हुन हार्दिक अपील गर्दछु ।

जय नेपाल !

शेरबहादुर देउवा
सभापति

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki