काठमाडौं- पूर्व सुरक्षा प्रमुख जोन ली का चिउ हङकङको नयाँ नेतामा निर्वाचित भएका छन् । उनी प्रमुख कार्यकारीमा निर्वाचित भएसँगै हङकङमा चिनियाँ सरकारको पकड अब सुदृढ हुने विश्वास गरिएको छ ।
यो किनभने जोन लीलाई चीनको कट्टर समर्थक मानिन्छ। उनले अब क्यारी लामको स्थान लिनेछन् ।
चाखलाग्दो कुरा के छ भने, यो चुनावमा जोन ली मात्र उम्मेदवार थिए। तर, भर्खरै गरिएको सर्वेक्षण अनुसार उनलाई ३५ प्रतिशतभन्दा कम जनताको समर्थन थियो ।
६४ वर्षीय जोन ली आम जनताको सट्टा निर्वाचन समितिमार्फत निर्वाचित भएका हुन् । यस समितिमा रहेका अधिकांश चिनियाँ सरकारप्रति वफादार रहेको एजेन्सिहरुले बताएका छन् ।
हङकङको प्रमुख बन्नुअघि जोन ली हङकङ प्रहरीमा थिए ।






