२०७९ वैशाख १९ गते, साेमवार, २ मे २०२२। वैशाख शुक्लपक्ष, द्वितीया तिथि। कृत्तिका नक्षत्र। चन्द्रराशि– वृष।
। अभिव्यक्तिले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। दण्ड वा जरिवानामा परिने वा छर–छिमेकमा असमझदारी बढ्ने योग छ, धैर्यले काम लिनुहोला। तापनि, प्रतिस्पर्धा र वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ।
आम्दानी बढ्नेछ। कृषि, पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदाको योग छ। तर, आज श्रमको भने समुचित मूल्यांकन नहुन सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्तै फाइदा हुनेछ। मातापिताको आशीर्वाद र सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम पनि बन्नेछन्। नयाँ काम हात पार्ने मौका छ। तर, अरूका जिम्मेवारी पनि वहन गर्नुपर्ला। धार्मिक तथा सामाजिक गतिविधिबाट प्रतिष्ठा पाइनेछ। पढाइमा प्रगति हुनेछ। परिश्रम परे पनि सफलता मिल्नेछ।
अरूका काममा धेरै समय खर्चनुपर्ला। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ।
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। दाम्पत्य जीवन आनन्दमय बन्नेछ। मन मिल्ने साथीसँग भेट हुनेछ। रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। नयाँ सवारी साधन प्राप्तिको योग छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ।
मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
अवसर जुटे पनि अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले निराश तुल्याउन सक्छ। अध्ययनमा जुट्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला।
परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ। हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ।
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि तथा पशुपालनमा मनग्य फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् ।







