२०७९ वैशाख १६ गते, शुक्रवार, २९ अप्रिल २०२२। वैशाख कृष्णपक्ष, चतुर्दशी तिथि। रेवती नक्षत्र, १९ः०९ बजेदेखि अश्विनी। चन्द्रराशि– मीन, १९ः०९ बजेदेखि मेष।
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।
श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य कमजोर रहनाले उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। हुलमुलमा महत्त्वपूर्ण सामान हराउन सक्छ, सजग रहनुहोला।
शुभचिन्तकहरूबाट सहयोग तथा हौसला मिल्नेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार समेत पाइनेछ। मनग्य धनलाभ हुनेछ।
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आँटले अधिकार स्थापित हुन सक्छ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
पढाइलेखाइमा समय दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। धैर्यले काम लिनुहोला। पशुपालन तथा कृषि क्षेत्रमा सामान्य लाभ मिल्न सक्छ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। अरूले बाधा पुर्याए पनि शुभचिन्तकहरूले साथ दिनेछन् र केही प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।
परिस्थिति केही चुनौतीपूर्ण रहने देखिन्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ।
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुने समय छ। प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि मनग्य आम्दानी हुनेछ।
समयको महत्त्वलाई ख्याल नगर्दा अवसरबाट वञ्चित भइनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। मेहनतीहरूका लागि भने दिन फलदायी रहनेछ। बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ। तार्किक क्षमता बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ। आजको कामबाट साेचेकाे लाभ भने नहुन सक्छ।







