Tuesday, April 14, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

स्थानिय चुनावमा युवा नेतृत्व

Friday, April 22, 2022
स्थानिय चुनावमा युवा नेतृत्व
993
VIEWS
Website Development Website Development Website Development

त्रिभुवन विश्वविद्यालय केन्द्रिय विभाग र्किर्तिपुरबाट ग्रामिण विकास विषयमा स्नाकोत्तर गरि विभिन्न सामाजिक अनुसन्धान कार्यक्रममा सहभागि भई, गाँउ सहर सम्वन्धको बारेमा गहिरो व्यवहारीक अध्ययनमा सरिक भई काम गरिसकेका प्रदिप राज कपडि (भट्ट) हाल अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितीका अध्यक्ष हुन् ।

नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रामक राज्य व्यवस्था लागुभएपछि स्थानिय तहको दोस्रो निर्वाचन हुदैछ । संघीय शासन प्रणालीको आधारका रूपमा रहेको स्थानीय तहको निर्वाचनमा तीन तहका सरकारबीच सहकारिता, समन्वय र सहअस्तित्वका आधारमा नेतृत्व गर्न सक्ने व्यक्ति उम्मेदवार हुनुपर्छ । यसै सिद्दान्तलाइ आत्मसाथ गदै हरेक पालिकाको विकासका लागि एक सक्षम,सवल, असल विकास प्रेमि शिक्षित युवा पालीकाको नेतृत्वको लागि उभिनु पर्ने छ । यसै सन्दर्भमा बैतडी जिल्ला दोगडा केदार गाँउपालीकाको अध्यक्ष  पदमा उठ्न दौडधुप गरिरहेका उनै युवा नेता प्रदिप राज कपडि (भट्ट)सँग स्मार्टअक्षरका महेश आचार्यले गरेको कुराकानीकाे सम्पादित अंश :

Order Cake Order Cake Order Cake

अचानक कसरी गाँउपालीकाकाे अध्यक्ष  पदमा उठ्ने सोच्नुभयो ?

बैतडी जिल्ला दोगडा केदार गाँउपालीकाले युवा वर्गलाई पालीकाको नेतृत्व प्रदान गर्ने सन्दर्भमा सत्ता गठबन्धनका मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेलका लागि पटक पटक छलफल गर्दा पनि टुङ्गो लगाउन सकेको छैन । पालीका भित्र बसोबास गर्ने बहुसंख्यक जनता नयाँ पुस्ताका युवा विकास प्रेमि शिक्षित बर्गको नेतृत्वको खोजिमा छ । पालीकाको उमेद्वार बन्ने व्यक्ति कम्तीमा पनि ग्रामिण भेगमा बसोवास गरिरहेका जनाताको सुख दुखको बारेमा बुझेको ती जनाताहरुको दैनिकी जिवन बुझेको हुनु पर्दछ । उनीहरुको मागलाई सम्बोधन गर्न सक्ने व्यक्ति, सरल सहज तरीकाले जिविकोपार्जनमा सहजिकरण गर्न सक्ने व्यक्ति, आधुनीक कृषि प्रणालीको विकास गरि गाँउ सहर जोडन् सक्ने व्यक्ति, हरेक वस्तु तथा सेवाहरुलाई जनता माझ पुर्याउन सक्ने व्यक्ति पालीकाको नेतृत्व गनु पर्ने छ । यही क्रममा बोल्ने मात्र होइन अब आफैंले पनि केही गर्ने पनि हुनुपर्छ भनेर अध्यक्ष  पदमा उठ्ने सोचेको हुँ । पाँच वर्षअगाडि नै सोच्न त सोचेको थिएँ । तर, त्यतिबेला पाँच वर्ष यसका लागि अभ्यास गरौं भन्ने भयो । गृहकार्य गर्न थालेको पाँच वर्ष भयो । यसपाली सहि समय हो भन्ने लाग्छ । त्यही भएर उम्मेदवारी दिने घोषणा गरेको हु ।

जनताले तपाइलाइ विस्वास गर्लान् त ? अनि गाँउपालीकाकाे अध्यक्षमा उठ्ने तपाईंका भिजन के-के छन् ?

स्थानीय सरकार बुझेको, जनताको अपेक्षा अनुसार काम गर्न सक्ने र पाँच वर्षको योजना निर्माण गरी काम गर्ने व्यक्ति पालीकालाई चाहिएको छ । जसको भिजन उसैको नेतृत्व भन्ने नाराका साथ युवापंत्तिलाई जनमुखी सेवा वितरण कार्यमा सरिक गराउने छु । करको दर होइन, दायरा बढाउनेछु । युवा लक्षीत रोजगारीको योजना ल्याउने छु । गरिबी घटाउन कृषि , पर्यटन प्रर्वद्धन घरेलु लधुवित्त, सहकारी ग्रामिण बैंक, पशुपालन जडिबुटि व्यवसाय लगायतका अन्य विभिन्न रोजगारी प्रवद्धन गर्न उद्योग खोल्ने कार्य योजना बनाई कार्यान्वयनमा ल्याउने छु । भ्रष्टाचार र बेरुजू विरुद्ध काम गर्न सक्नेछु। गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यबस्थापन गर्ने काम पनि पालिका हो । उत्तरदायित्व र जवाफदेहिता बहन गर्नेछु । व्यक्तिगत र दलगत स्वार्थ राख्ने छैन्। जनताको कुरा सुन्ने र कर्मचारीसँग मिलेर काम गर्ने प्रतिवद्धता गर्दछु । यस विषयमा मैले दक्ष हासील गरेको छु । र त्रिभुवन विश्वविद्यालय केन्द्रिय विभाग र्किर्तिपुर बाट ग्रामिण विकास विषयमा स्नाकोत्तर गरि विभिन्न सामाजिक अनुसन्धान कार्यक्रममा सहभागि भई गाँउ सहर सम्वन्धको बारेमा गहिरो व्यवहारीक अध्ययनमा सरिक भईकाम गरिसकेकाले मलाइ विश्वास गर्छन् ।

ग्रामिण क्षेत्रमा सबैजसाे जनता कृषि तथा पशुपालन गर्छन् तर बर्षभरि खान पुग्दैन ।  यो क्षेत्रमा तपाईंको भिजन के छ ?

कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारीको जिम्मेवारी पनि पालिकामै रहेको छ । यस अन्तर्गत पालिकाहरूले कृषि क्षेत्रमा अर्गानिक उत्पादनलाई बढावा दिनुपर्छ । रसायनिक मल र विषादीकोे सट्टा क्रमशः प्राङ्गारिक मल र जैविक विषादीको खपत बढाउनुपर्छ। उन्नत जातका बीउ बिजनको माध्यमद्वारा सहकारी र सामूहिक खेतीमा जोड दिनुपर्छ । खेती किसानीसँगै पशुपालनलाई एकीकृत ढंगले विकास गर्नुपर्छ । शित भण्डार, चरन विकास, पशु बधशाला, प्रकोप नियन्त्रण लगायतको काम गर्ने छु ।

संविधान अनुसार सहकारी संस्थाको दर्ता, नवीकरण, सञ्चालन, नियमनको जिम्मेवारी स्थानीय तहमा छ । यसर्थ, सहकारीका सुपथ मूल्य पसल खोल्नुपर्छ । पालिकाभित्रको माग र आपूर्तिको व्यवस्थापन गर्ने जिम्मेवारी सहकारीलाई दिनुपर्छ । सहकारी खेती र सामूहिक खेती गर्ने तथा नागरिकमा बचत गर्ने बानीको विकास गर्ने र र उन्नत जातका बीउ बिजन बिक्री गर्ने, अर्गानिक खेती गर्ने, प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने, जैविक विषादी उत्पादन र उपयोग गर्ने, सिँचाई सुविधा व्यवस्थापन गर्ने कामको व्यवस्थापन गर्नुपर्छ ।

स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधताको व्यवस्थापन गर्ने र पालिकाभित्रको स्थानीय उत्पादन बिक्री गर्न कोसेली घर स्थापना गर्ने काम पनि पालिका हो । प्रत्येक वडामा हाट बजार लाग्ने व्यवस्था मिलाउनेछु। नियमितरूपमा बजार अनुगमन गर्ने व्यवस्था मिलाउने छु । प्रत्येक पालिकाले माग र आपूर्तिको व्यवस्थापन कार्यमा निती निमार्ण गर्नेछु।

पालिकाहरूले एफएम सञ्चालन गर्नुपर्छ । यस स्थितिमा पालिकाहरूले नयाँ एफएम खडा गर्ने, केही सञ्चार विज्ञलाई रोजगारी दिने, जनतामा निरन्तर सूचना प्रवाह गर्ने र भएका एफएमहरूलाई सुव्यवस्थित गर्ने काममा जुट्नु पर्ने छ । आधुनीक कृषिका बारेमा एफएम बाट स्थानीय जनतालाई सुचना सम्प्रेसण गरिने छ । हरेक कृषि जन्य रोगका बारेमा रेडियो कार्यक्रम चलाईने छ ।

गरिबले त स्वास्थ्य क्षेत्रमा राम्रो सेवा नै पाइरहेका छैनन् नि । यो क्षेत्रमा तपाईंको के साेच छ ?

आधारभूत स्वास्थ्य र सफाईको जिम्मेवारी पनि स्थानीय तहको काँधमा छ । यसर्थ, आम गाउँबासी वा नगरबासीले आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति पालिकाबाट पाउनुपर्छ । साथै, आम नागरिकमा स्वास्थ्य, शिक्षा दिनुपर्नेछ ।

हरेक वाडा क्लिनिक राख्ने भनेका छौं । अस्पतालमा प्राय नीतिगत भ्रष्टाचार भन्ने कि भ्रष्टाचार नै, कुनै पनि कम्पनीका औषधिहरु अथवा टेन्डर प्रोसेसबाट ल्याइने औषधिमा राम्रो निगरानी नभएर यो समस्या आएको जस्तो लाग्छ । किनभने जुन कम्पनीको फेवरमा हुन्छ त्यहाँको सुपरिटेन्डेन्ट हुन्छ, त्यही सिन्डिकेट तोड्नका लागि एउटा राम्रो निगरानीको व्यवस्थापन हुन जरुरी छ । त्यो कुरालाई राम्ररी हेर्ने, सोचिदिने व्यक्ति माथिल्लो तहमा बसिदियो भने यी सुविधाहरु अझै राम्रा हुँदै जान्छन् ।

पालिकाले फोहोर व्यवस्थापन गर्नुपर्नेछ । फोहोरलाई मोहोरमा रूपान्तरित गर्नुपर्नेछ। पोषण र प्रजननसम्बन्धी जानकारी दिने तथा खानेपानी, सरसफाई, औषधि लगायतको व्यवस्थापन पनि पालिकाले गर्नुछ ।

स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधताको व्यवस्थापन गर्ने र पालिकाभित्रको स्थानीय उत्पादन बिक्री गर्न कोसेली घर स्थापना गर्ने काम पनि पालिकाकाे हो । प्रत्येक वडामा हाट बजार लाग्ने व्यवस्था मिलाउनेछु। नियमितरूपमा बजार अनुगमन गर्ने व्यवस्था मिलाउने छु । प्रत्येक पालिकाले माग र आपूर्तिको व्यवस्थापन कार्यमा निती निमार्ण गर्नेछु।

अहिले त भ्यु टावरलाई नै विकासको रुपमा लिइरहेका छन् है ?

हो नि ! हजारौं भ्यु टावर रहेछन् देशमा । स्थानीय निर्वाचन पछाडि यो बितेको ५ वर्षमा बजेट कहाँ सक्काउने भयो । कमिसनको खेलले गर्दा सिमेन्ट फ्याक्ट्री धेरै भए । डाँडाका टुप्पामा भ्यु टावर बनाएका छन् । डाँडाको टुप्पो त पहिल्यै भ्यु टावर हुन् भइसके नि ! अव्यवस्थित विकास भनेको यही हो । ती स्थानहरुमा पैसा खर्च गर्नुभन्दा त्यहाँ  बस्ती विकास योजना तर्जुमा गर्ने, कार्यान्वयन गर्ने कामका लागि एकजना विकास विज्ञ नियुक्ति गरी निरन्तर आयोजना अपडेट गर्ने ।

हरेक पालिकाले विपद व्यवस्थापन, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण गर्ने र भाषा, संस्कृति र ललितकताको संरक्षण र विकास सम्बन्धी काम पनि गर्नुपर्ने छ । यी सबै कामको समन्वय र नेतृत्व गर्ने ।

यस अतिरिक्त, स्थानीय तहले स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक र सिँचाईको पनि व्यवस्थापन गर्नुपर्छ । स्थानीय सडक र ग्रामिण सडक गाउँ बस्तीसम्म पुगाउने कार्यमा निरन्तर खटिनेछु । कृषि सडक घडेरीमा पुग्ने होइन, खेतीमा पुग्ने बनाउने छु । साथै, कृषि भूमिमा सिँचाई सुविधा पुर्याउनेछु।  यी कामहरु पुरा गर्न मेरो उमेद्दवारी रहने छ । मेरो पालीका “म” होइन हामी बनाउने छौ ।

भनेपछि तपाईंको पेसागत ज्ञान, सीप यता लागू गर्ने सोच्नु भएको छ ?

हो । स्थानीय तहले तथ्यांक र अभिलेख व्यवस्थापन गर्नुपर्छ । यसका लागि स्थानीय तहले नगर र गाउँ प्रोफाइल तयार गर्नुपर्छ । यस्ता तथ्याङ्कहरूमा घरधुरी, परिवार र जातजातिको तथ्याङ्क संकलन गर्नुपर्छ । जग्गा जमिनको वर्गीकरण, सार्वजनिक जमिन, वन क्षेत्र, खोला र मैदानको विवरण तयार गर्नुपर्छ ।

कृषि उब्जनी, पशुपालन, पंक्षी, चराचुरुङ्गी, वन्यजन्तुको संख्या यकीन गर्नुपर्छ । स्कुल, विद्यार्थी, शिक्षक, स्वास्थ्य चौकी, बिरामी संख्या, हुलाक, पत्राचारको संख्या, सहकारीका बचतकर्ता, घरेलु उद्योगका लागि तालिम लिएका व्यक्तिहरूको ‘इन्भेण्टरी’ तयार गर्नुपर्छ । साथै, स्थानीयस्तरका विकास आयोजना तथा परियोजनाहरूको प्रोजेक्ट बैंक बनाउनु पर्छ । यी कार्यबाट प्रत्यक्ष जनतालाई लाभांवित बनाउनु पर्ने छ ।

सरकारी विद्यालयको शिक्षण प्रणाली राम्रो छैन । नीजि विद्यालय महंगा छन् । नीजिविद्यालयमा सजिलो पहुँच र सरकारी विद्यालयको शिक्षण प्रणालीमा अप्ग्रेड गर्ने योजना के छन् ?

स्थानीय तहले आधारभूत र माध्यमिक शिक्षा सञ्चालन गर्नुपर्छ । नेपालको संविधानले आधारभूत शिक्षालाई अनिवार्य र निःशुल्क गरेको छ । यस अन्तर्गत, मातृ भाषामा पठनपाठन गर्ने, पाठ्यक्रम तर्जुमा गरी लागु गर्ने, विद्यालयको नामाकरण गर्ने, छात्रवृत्ति दिने र तालिम दिनेसम्मका काम पालिकाहरूले गर्नुपर्छ ।

हामीले अर्को त शिक्षा र स्वास्थ्य व्यापार गर्ने थलो होइन भनेर पनि बुझाउनुपर्छ । अभिभावकहरुले त्यही महंगो शुल्कलाई अन्य व्यापारमा पनि लगाउन सक्ने भए जसले रोजगारी पनि सिर्जना बढ्ने भयो ।

खानेपानी तथा उर्जा सम्बन्धि तपाइकाे धारणा के छ ?

खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा सम्बन्धी काम पनि गर्नुपर्छ । यसर्थ, सबै पालिकाहरूले आफ्ना प्रत्येक नागरिकको घरसम्म खानेपानीको पुर्याउनु पर्छ । गाउँबासी वा नगरबासीलाई चौबिसै घण्टा विद्युत सेवा प्रदान गर्नु पर्छ । यदि नेशनल ग्रीड पुगेको छैन वा लोडसेडिङ्ग हुने गरेको छ भने साना जलविद्युत आयोजनामा लगानी गरि लाेडसेटिङ अन्त्य गर्नेछु । जलविद्युतका लागि उपयुक्त खोला वा नदी छैन भने वैकल्पिक ऊर्जा अर्थात् सोलार, टर्बाइन, गोबर ग्यास प्लाण्ट वा अन्य विकल्पको खोजी गर्ने छु ।

समाजमा हुने अनैतिक गतिवीधि ,ज्येष्ठ नागरिक, अपांगता र बेरोजगारको व्यवस्थापन कसरि गर्नुहुन्छ ?

संविधानको अनुसूची ८ मा गाउँ र नगर प्रहरी भर्ना गर्ने कानुनी व्यवस्था छ । शान्ति सुरक्षा र अमनचैन कायम राख्ने, रात्रिको समयमा गस्ती गर्ने, सार्वजनिक जमिनको सुरक्षा, मदिरा पसललाई तोकिएको अवधिपछि बन्द गराउने, सार्वजनिक स्थलमा होहल्ला गर्ने, कसैले कब्जा जमाउने कामको नियन्त्रण गर्ने काम गर्नु पर्ने छ ।

प्रत्येक पालिकाले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन गर्नुपर्छ । यसैगरी, बेरोजगारको तथ्यांक संकलन गर्ने र उचित व्यत्ति उचित ठाँउमा विभिन्न परियाेजना मार्फत राेजगारि सिर्जना गर्नुपर्छ ।

यि सबै काम गर्नलाइ श्रोत कहाँ बाट जुटाउनु हुन्छ ?

स्थानीय कर, सेवा शुल्क उठाउने जिम्मेवारी पनि पालिकाको काँधमा छ । यसर्थ, पालिकाहरूले सेवा प्रवाह गर्नुका साथै कर पनि असुली गर्नुपर्ने छ ।
स्थानीय सेवा संचालानका लागि कानुन जारी हुन बाँकी छ । यसर्थ, सेवाका शर्तहरू तयार गर्ने, कर्मचारी व्यवस्थापनको नीति निर्माण गर्ने, वृत्ति विकास योजना तयार गर्ने लगायतको काम गर्नुपर्नेछ । संघिय सरकारबाट पनि बजेट निकासा गर्न पहल गर्नेछु ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

अन्तरवार्ता

श्रीलङ्काको विधानसभा चुनावमा वाम गठबन्धनको शानदार जित

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki