२०७९ वैशाख ८ गते, बिहीवार, २१ अप्रिल २०२२। वैशाख कृष्णपक्ष पञ्चमी तिथि, १४ः४९ बजेपछि षष्ठी। मूल नक्षत्र। चन्द्रराशि– धनु
मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो,
अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछस्वास्थ्य कमजोर देखिए पनि मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला।
वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिथुन – GEMINI : का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। केही साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। बलजफ्तीले काममा अवरोध निम्त्याउन सक्छ, सजग रहनुहोला।
कर्कट – CANCER : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ।
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। अवसरका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ।
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। विचारले प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम बन्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ।
मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। भैपरी आउने खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ। लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्।मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ।
मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि







