काठमाडौं- बैसाख ७, एजेन्सी
ले पूर्वी युक्रेनको क्रेमिन्ना शहर कब्जामा लिएको छ। क्षेत्रीय गर्भनरकाअनुसार युक्रेनी सेना यहाँबाट हिडिंसकेको छ। रूससँगको युद्ध शुरू हुनअघि क्रेमिन्नाको जनसंख्या १८ हजार थियो। रूसले पूर्वी युक्रेनको डोन्बसमा आक्रमण थालेयता कब्जामा लिएको यो पहिलो शहर हो।
रूसले यस शहरमा चौतर्फी आक्रमण गरेको बुझिएको छ। यद्यपी, मृतकको यकिन विवरण भने आइसकेको छैन। लुहानस्क क्षेत्रका गभर्नर सेर्ही गैदाईका अनुसार यहाँ कम्तिमा २ सयको मृत्यु भएको हुनुपर्छ।
रूसले गत फेब्रुअरी २४ मा युक्रेनमा हमला गरेको थियो। सर्वसाधारणमाथि कुनै आक्रमण नगर्ने दाबी रूसले गर्दै आएपनि युद्धका क्रममा धेरै सर्वसाधारण घरबारविहीन भइसकेका छन्। त्यस्तै, धेरैले ज्यान गुमाइसकेका छन्।






