२०७९ वैशाख ६ गते, मंगलवार, १९ अप्रिल २०२२। वैशाख कृष्णपक्ष तृतीया तिथि। विशाखा नक्षत्र, प्रातः ६ः१० बजेदेखि अनुराधा। चन्द्रराशि– वृश्चिक।
मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो,
चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत नै प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला।
वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुख–सुविधाका लागि केही साधन जुटाउन सकिनेछ। नयाँ काम थालनी हुनेछ। व्यवसायमा राम्राे फाइदा हुनेछ।सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।
मिथुन – GEMINI : का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ। पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्।
कर्कट – CANCER : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। गोपनीयतामा विशेष सजग रहनुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्।
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउनेछ। अध्ययनमा प्रगति हुनेछ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला।
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन्। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ।
मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ।
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ।नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ।
मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि







