काठमाडौं- बैसाख ४
एजेन्सी- फिलिपिन्समा गत आइतवार आएको समुद्री आँधी ‘मेघी’ले निम्त्याएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १६७ पुगेको छ।
राष्ट्रिय विपद् एजेन्सीले थप ११० जना अझै हराइरहेको र १९ लाख मानिसहरू आँधीबाट प्रभावित भएको जनाएको छ।
लेइटी प्रदेशको बेबे सहर र वरपरका गाउँहरू बाढी र पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएका छन्।
पिलार गाउँमा ८० प्रतिशत घरहरू बगेर समुद्रमा पुगेका छन्। दक्षिणी डाभाओ क्षेत्र, मिन्डानाओ र मध्य क्षेत्रको नेग्रोस ओरिएन्टल्स् प्रदेशमा पनि मानिसहरूको मृत्यु भएको एजेन्सीले जनाएको छ।






