२०७९ वैशाख ४ गते, आइतवार, १७ अप्रिल २०२२। वैशाख कृष्णपक्ष प्रतिपदा तिथि। चित्रा नक्षत्र, ८ः१८ बजेदेखि स्वाती। चन्द्रराशि– तुला।
मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो,
मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। तर आगन्तुकले अलमल्याउने हुँदा काममा विलम्ब हुनेछ।
वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्।
मिथुन – GEMINI : का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्।
कर्कट – CANCER : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। अरूको वचन हार्न नसक्दा दु:ख पाइनेछ। काम बने पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउला। अरूको भरले मात्र काम पूरा नहुन सक्छ।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सोचेजस्तै सफलता पनि मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ।
मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। नयाँ काम थालनी हुन सक्छ। विभिन्न अवसर मिले पनि फाइदा अरूलाई सुम्पनुपर्ने हुन सक्छ।
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ।
मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि







