Monday, May 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सफल बन्दै महिलाहरूको सामूहिक तरकारी खेती

Friday, April 15, 2022
993
VIEWS
Website Development Website Development Website Development

बागलुङ-वैशाख २

केही वर्षसम्म घरधन्दामा सीमित गलकोट दुदिलाभाटीका महिला अहिले सामूहिक कृषिखेतीमा अग्रसर भएका छन् । श्रीमान्को कमाइमा निर्भर बन्दै आएका महिलाले अहिले धेरथोर रकम कमाएर घर खर्च चलाउन सफल भएका छन् ।

दुई वर्षअघिदेखि गलकोट नगरपालिका–१ दुदिलाभाटीको ज्यामिरेमा आठ रोपनी जग्गा भाडामा लिएर त्यहाँका १० महिला मिलेर सामूहिक खेती सुरु गरेका थिए । गाउँमा धेरथोर निर्वाहमुखी खेती गर्दै आएका महिलाले सामूहिकरूपमा कृषिखेती गर्न थालेपछि आयआर्जनमा वृद्धि भएका मात्रै छैन, यहाँका महिला व्यावसायिक बनेका छन् ।

विसं २०७६ मा मेलमिलाप एकीकृत कृषक समूह गठन गरी यहाँका महिलाले सामूहिक कृषिखेती थालेका थिए । सामूहिकरूपमा गरिएको कृषिखेतीले सफलता पाउँदै गएपछि महिलाले आधा समय सामूहिक खेती र आधा समय आफ्नो व्यक्तिगत तरकारी खेतीमा समय दिन थालेको मेलमिलाप एकीकृत कृषक समूहका अध्यक्ष सुमित्रा कार्कीले बताइन् । अहिले सामूहिकरूपमा च्याउखेती, काउली, बन्दा, टमाटरलगायतका मौसमी तथा बेमौसमी तरकारी समूहले उत्पादन गर्दै आएको छ ।

Order Cake Order Cake Order Cake

“हामीले पहिला घरधन्दामात्रै गर्ने गरेका थियौँ, पछि सामूहिकरूपमा गाउँमा बाँझो भएको बारीलाई भाडामा लिएर खेती थालेका थियौँ”, उनले भनिन्, “दश महिलाले हप्तामा अनिवार्य दुई दिन सामूहिक कृषिखेतीमा काम गर्नुपर्ने नियम छ, अघिपछि कामको अवस्था हेरेर हुन्छ, आम्दानी वार्षिकरूपमा खर्च कटाएर बाँड्ने भनेका छौँ, अहिलेसम्म आम्दानीलाई लगानी गर्दै आएका छौँ, सुरुमा रु एक लाख २० हजारबाट सुरु भएको व्यावसायिक कृषिखेतीमा अहिले रु १८ लाख लगानी पु¥याइसकेका छौँ ।”

सामूहिक कृषिखेतीमा रैथाने बाली संरक्षणका लागि कोदोसमेत उत्पादन गर्दै आएको कार्कीको भनाइ छ । वार्षिक १८ हजार भाडा तिरेर आठ रोपनी जग्गामा गरेको सामूहिक तरकारी खेती विस्तारै सफल हुँदै गइएपछि यहाँका महिला विस्तारै जागरुक भएका छन् । यहाँका महिलाले सामूहिक खेतीसँगै व्यक्तिगतरूपमा समेत व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । सामूहिक खेतीले महिलामा कृषिखेतीप्रतिको सोच नै बदेलेको कार्कीको भनाइ छ ।

वैदेशिक रोजगारीमा गएका श्रीमतीहरूले राम्रो कमाइसमेत गर्न थालेपछि श्रीमान्हरूले समेत तरकारी खेतीलाई साथ दिएका छन् । यहाँका महिलाको व्यक्तिगत अलैँची खेतीसमेत रहेको छ । पहिला झार उम्रिएको पाखोमा अलैँचीले राम्रो आम्दानी दिन थालेको महिला बताउँछन् । सामूहिक खेतीमा सहभागीमध्ये चार महिलाले व्यक्तिगतरूपमा फार्मसमेत दर्ता गरेर मनग्य आम्दानी गर्दै आएको समूहका कोषाध्यक्ष कल्पना गुरुङले बताइन् ।

समूहको सातवटा प्लाष्टिक टनेल र आठवटा व्यक्तिगतरूपमा प्लाष्टिक टनेलमा व्यावसायिक तरकारी खेती गरिरहेको महिलाहरूले जनाएका छन् । उनीहरूले सामूहिकरूपमा विसं २०७६ मा सुरुआती भएको र गत वर्षबाट मुनाफा हुन थालेको अध्यक्ष कार्कीले बताइन् । उनले गत वर्ष दुई लाख आम्दानी भएको र अहिले तरकारी खेती तथा टनेल विस्तार भइरहेका कारण आम्दनी निकै बढेर जाने बताइन् ।

कार्कीका अनुसार गत वर्ष कृषि ज्ञान केन्द्र बागलुङले नौ लाख अनुदान दिएको र त्यसबाट टनेल तथा तरकारी खेती विस्तारका लागि पूर्वाधार र उपकरण खरिद गरिएको भन्दै सामूहिक र व्यक्तिगत खेतीबाट महिलाहरूले मनग्य आम्दानी गर्न थालेको बताइन् । “सामूहिक खेतीका कारण सिक्ने मौका मिल्यो, तालिममा जान सहज भयो, सङ्गठित हुनाले अनुदान आयो । फलस्वरुप व्यक्तिगतरूपमा खेती गर्नसमेत सहयोग मिल्यो, अहिले यहाँका महिलाले व्यक्तिगत र सामूहिक खेती गर्नमै व्यस्त भएका छन् भने विदेश गएका र जान खोजेका श्रीमान्हरूले श्रीमतीको तरकारी खेतीलाई सहयोग गर्दै आएका छन्”, कार्कीले भनिन् ।

समूहमा आबद्ध महिलाको सबैको चारदेखि १० रोपनी क्षेत्रफलमा अलैँची खेती तथा न्यूनतम दुई रोपनी जग्गामा तरकारी खेतीसमेत रहेको छ । समूहमा मिलेर काम गर्ने, ज्ञान आर्जन गर्ने र त्यसलाई व्यावहारिकरूपमा प्रयोगमा ल्याउँदा यहाँका १० महिलाले व्यावसायिक तरकारी खेतीमा राम्रो भविष्य देखेका छन् । उनीहरुले समूहमा आबद्ध नभएको भए अहिले व्यावसायिक सोच नआउने बताउँछन् ।

Comments
Share

Related Posts

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण
कृषि

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै
कृषि

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी
कृषि

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै
कृषि

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै

अण्डाको नयाँ विक्री मूल्य निर्धारण
कृषि

अण्डाको नयाँ विक्री मूल्य निर्धारण

 कर्णाली प्रदेशबाट  ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन
आर्थिक

 कर्णाली प्रदेशबाट ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki