२०७९ वैशाख २ गते, शुक्रवार, १५ अप्रिल २०२२। चैत्र शुक्लपक्ष चतुर्दशी तिथि। उत्तरफाल्गुनी नक्षत्र, ८ः५८ बजेदेखि हस्त। चन्द्रराशि– कन्या।
मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो,
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिथुन – GEMINI : का, कि, कु, घ, ङ, छ, के, को, ह
कर्कट – CANCER : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। सोचेको नतिजा तत्काल प्राप्त नभए पनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा पछिका लागि काम सहज बन्न सक्छ।
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। अड्किएको रकम उठ्नेछ र धन संग्रह पनि हुनेछ।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ।
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ।







