२०७९ वैशाख १ गते, बिहीवार, १४ अप्रिल २०२२। चैत्र शुक्लपक्ष त्रयाेदशी तिथि। पूर्वफाल्गुनी नक्षत्र, प्रातः ८ः३७ बजेदेखि उत्तरफाल्गुनी। चन्द्रराशि– सिंह, १४ः४५ बजेदेखि कन्या।
मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो,
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन हुनेछ। तर, गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ।
वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ। तापनि, कर्मयोगले नयाँ मोड लिनेछ।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले जाेस–जाँगर बढ्नेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। स्रोत-साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्।
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मध्याह्नपछि बसाइको स्थानान्तरण वा यात्रा हुने सम्भावना छ। खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
तापनि व्यापार बढ्नेछ र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। साँझतिर आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। अवसरले जीवनशैलीमा पनि परिवर्तन आउनेछ।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसाेदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मिहिनेत गर्दा भाग्यले साथ दिनेछ।
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। भौतिक सुविधाले खर्च निम्त्याउला। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसाेदेखि काममा बाधा र स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ।
मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि







