२०७८ चैत्र ३० गते, बुधवार, १३ अप्रिल २०२२। चैत्र शुक्लपक्ष द्वादशी तिथि। मघा नक्षत्र, प्रातः ७ः४६ बजेदेखि पूर्वफाल्गुनी। चन्द्रराशि– सिंह।
मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो,
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ।
वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिथुन – GEMINI : का, कि, कु, घ, ङ, छ, के, को, ह
कर्कट – CANCER : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यवसायमा लगानी बढाउनुपर्ला। प्रतिस्पर्धामा जुट्नुपरे पनि बुद्धिले काम बनाउन सकिनेछ। लगनशीलताले पछिलाई फाइदा दिलाउनेछ तर उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। खर्च लागे पनि दिगो काममा लगानी गर्ने मौका जुट्नेछ।
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। आफ्नो मिहिनेतमाथि अरूले दाबी गर्ने हुँदा सजग रहनुहोला।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखद रहनेछ। व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ।
मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि







