२०७८ चैत्र २९ गते, मंगलवार, १२ अप्रिल २०२२। चैत्र शुक्लपक्ष एकादशी तिथि। अश्लेषा नक्षत्र, प्रातः ६ः२६ बजेदेखि मघा। चन्द्रराशि– कर्कट प्रातः ६ः२६ बजेदेखि सिंह।
मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो,
आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिथुन – GEMINI : का, कि, कु, घ, ङ, छ, के, को, ह
कर्कट – CANCER : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। सहयोगीहरूले साथ दिनेछन् भने लामाे समयदेखि रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रचनात्मक काम थाल्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। घरमा साथीभाइकाे आगमन हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। टाढाका साथीभाइको निम्तो प्राप्त होला।
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। स्रोत-साधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन पनि कसिलाे हुनेछ।
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। तथापि प्रयास गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ। मिहिनेतले पदीय जिम्मेवारी दिलाउन सक्छ। आफ्नैले काम बिगार्न सक्छन्, ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ। आलोचकहरू बढ्नेछन् भने लेनदेनले विवाद निम्त्याउन सक्छ। विगतको श्रमबाट भने लाभ हुनेछ।
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
अतिथिको रूपमा सत्कार पाइनेछ। तर उपहारका लागि खर्च गर्नुपर्ने हुन सक्छ। तत्काल खर्च लागे पनि आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने साधन जोड्ने समय छ।
मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि







