२०७८ चैत्र २८ गते, साेमवार, ११ अप्रिल २०२२। चैत्र शुक्लपक्ष दशमी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि– कर्कट
मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो,
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। स्थायी सम्पत्ति जोड्ने समय छ। तर, काममा अरूको भर पर्दा धोका हुन सक्छ।
वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिथुन – GEMINI : का, कि, कु, घ, ङ, छ, के, को, ह
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ।
कर्कट – CANCER : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च लागे पनि दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। पहिलेका साथीभाइ टाढिए पनि नयाँ साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। फाइदाका पछि लाग्दा समस्या आउलान्।
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कृषि, पशुपालन तथा व्यापारमा मनग्य धन आर्जन हुनेछ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। समय उत्साहवर्द्धक रहला। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ।
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
भाग्यले विभिन्न अवसर जुराउनेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
सानो प्रयत्न गर्दा ठूलो परिमाणमा फाइदा हुन सक्छ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य धन आर्जन हुनेछ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ।
मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
वातावरण रमाइलो रहे पनि परिस्थितिले निराश तुल्याउन सक्छ। अरूको विश्वासमा पर्दा धोका पाइएला। दु:खी मनले कृत्रिम मुस्कान छर्न बाध्य भइनेछ। पतिपत्नीमै अविश्वास बढ्न सक्छ। यात्रा रमाइलो हुनेछ तर धनमालमा होस पुर्याउनुहोला।
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
अधिकारका लागि जुट्नुपर्ला। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। योजना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। लामो यात्रा व्यवस्थापन गर्न खर्च बढ्नेछ।
मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि







