चैत्र २७, एजेन्सी :
पाकिस्तानमा इमरान खानविरूद्ध अविश्वास प्रस्ताव पारित भएको छ। सत्ता जोगाउनका लागि भएका अनेक प्रयासका बाबजुद शनिबार-आइतर मध्यराति भोट भएको थियो।जसअनुसार आइतबार बिहान १ बज्दासम्म इमरानको विपक्षमा १ सय ७४ मत आयो। जबकी बहुमतका लागि विपक्षीहरूलाई १ सय ७२ मत आवश्यक थियो।मतदानभन्दा अघि सभाामुख र उपसभामुखले राजिनामा दिएका थिए। विपक्षी पिएमएल एनका अयाज सादिक नयाँ सभामुख चुनिएका छन्। उनले नै मतदान गराएका हुन्।
Comments






