न्युयोर्क,चैत्र २६,
अमेरिकाको न्युयोर्क बन्दुक हमलामा एक जनाको मृत्यु भएको छ। सो गोलीकान्डमा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको प्राप्त विवरणहरुमा जनाइएको छ।
घटनबारे थप अनुसन्धान भइरहेको न्यूयोर्कका प्रहरी प्रमुख कीचान्त सेवेलले जानकारी दिए । अमेरिकामा बारम्बार बन्दुक आक्रमण हुने गरेका छन् । एक साताअघि भएको बन्दुक आक्रमणमा ६ जनाको मृत्यु भएको थियो।
Comments






