Tuesday, January 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सजिवनका फूल अचारमा, कोसा तरकारीमा, पात,बोक्रा र जरा औषधिमा प्रयोग

Friday, April 8, 2022
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं,चैत्र २५, स्मार्ट अक्षर संम्वाददाताः

उपत्यकामा सजिवन (कोसा) को होलसेल मूल्य प्रतिकिलो ९० देखि १०० रुपैयाँ छ । स्थानीय र भारतबाट ल्याइएका सजिवनको होलसेल मूल्य भने प्रतिकिलो एक सय रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

सजिवनको कोसा खुद्रा बजारमा प्रतिकिलो तीन सयदेखि चार सय ५० रुपैयाँ पर्छ । बजारमा विदेशी सजिवन बिक्रीवितरण भइरहे पनि किसानको जोड सजिवनको पातमा देखिन्छ । तराई क्षेत्रमा सबैजसोका घरमा हुने सजिवनको व्यावसायिक खेती पनि भइरहेको छ । व्यावसायिक खेती गर्नेले पनि सजिवनको कोसाभन्दा पातलाई जोड दिएका छन् । सजिवनको पातको पाउडर बनाएर प्रतिकिलो ८५० देखि ३ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको व्यवसायी बताउँछन् ।सजिवनको पात ४५/४५ दिनको अन्तरमा टिप्न मिल्छ । यसको डाँठ, फूल, कोसा र बियाँ सबै प्रयोग गर्न मिल्छ । रूपन्देहीस्थित वैकण्ठपुरका गोविन्दप्रसाद कँडेलले ७ वर्षदेखि सजिवन खेती गरिरहेका छन् । रोजगारीका क्रममा ९ वर्ष दुबई बसेका उनले २०७१ सालमा साढे ३ लाख रुपैयाँ लगानी गरेर खेती सुरु गरेका हुन् । दुबईमा यसबारे जानकारी लिएका उनले तीन बिघा जग्गाबाट खेती सुरु गरेका थिए । अहिले २३ बिघामा यसको खेती गरिरहेका छन् । ‘सजिवनका पात औषधिमा, फूल अचारमा, कोसा तरकारीमा, बोक्रा र जरा पनि औषधिमा प्रयोगहुन्छ । तर मैले पात मात्र प्रयोग गरेको छु,’ उनले भने । कँडेलले इनोभेटिभ बहुउद्देश्यीय कृषि फर्म खोली प्रशोधन उद्योग पनि चलाएका छन् ।

Order Cake Order Cake Order Cake

स्थानीय किसानसँग प्रतिकिलो ४० रुपैयाँमा सजिवनका पात किन्ने गरेका उनले वार्षिक ५० टन पाउडर उत्पादन गरी बिक्रीवितरण गरिरहेका छन् । यसबाट अहिले वार्षिक १० देखि ५० लाख रुपैयाँ आम्दानी गरिरहको उनले सुनाए । ‘सुरुवातमा भारतको तामिलनाडुमा बीउ ल्याएर बिरुवा उत्पादन गरेको हुँ,’ उनले भने । अहिलेसम्म खेती र उद्योगमा ३० लाख रुपैयाँ लगानी भइसकेको उनले जानकारी दिए । ‘धेरै मात्रामा पाउडर लिइरहनेलाई प्रतिकिलो ८५० रुपैयाँमा बेच्छौं, खुद्रामा एक हजार रुपैयाँ पर्छ,’ उनले भने, ‘काँचो १०किलो सजिवनको पातको एक किलो पाउडर निस्कन्छ,’ उनले भने, ‘२३ जनालाई रोजगारी पनि दिएको छु ।’सहिजन, सैजन, सजिवन, मनुगा, ड्रमस्टिक, शीतलचिनी, मोरिंगालगायत नामले सजिवनलाई चिनिन्छ । नेपालको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको तराई क्षेत्रमा उत्पादन हुने सजिवनका कोसाले बजार पाउनेमा ढुक्क नहुँदा किसान यसप्रति त्यति ढुक्क भने छैनन् । धेरैजसो किसानले सजिवनको पात नै टिपेर बेच्ने गरेका छन् । नेपालगन्जका हेमन्तराज काफ्लेसहितको ३ जनाको समूहले पनि १० वर्षदेखि सजिवन खेती गरिरहेको छ । काफ्लेको समूहले ५ वर्षदेखि चियापत्ती, तेल र पाउडर उत्पादन गरी बिक्रीवितरण गरिरहेको हो ।

सजिवनको पाउडर किलोकै तीन हजार रुपैयाँ पुग्छ । चियापत्ती भने प्रतिकिलो २५ सय रुपैयाँ पर्ने गरेको काफ्लेले बताए । उनीहरूले सजिवनको बियाँबाट तेल पनि उत्पादन गरिसकेका छन् । तर महँगो हुँदा
सजिवनकाे काेसा

बजारमा लैजान नसकिएको उनले सुनाए । ‘१० किलो सजिवनको दानाबाट एक लिटर मात्र तेल निस्कियो । बियाँ मात्र प्रतिकिलो ६ हजार रुपैयाँ छ,’ उनले भने, ‘यो हाम्रो कल्पनाबाहिरको भयो । त्यसैले निर्यात गर्ने कि भनेर जापानका व्यवसायीसँग छलफल अघि बढाइरहेका छौं ।’ 

 

Comments
Share

Related Posts

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण
कृषि

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै
कृषि

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी
कृषि

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै
कृषि

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै

अण्डाको नयाँ विक्री मूल्य निर्धारण
कृषि

अण्डाको नयाँ विक्री मूल्य निर्धारण

 कर्णाली प्रदेशबाट  ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन
आर्थिक

 कर्णाली प्रदेशबाट ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर
राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन
आर्थिक, ताजा अक्षर
आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
ताजा अक्षर
ग्वार्कोमा बनेको 'ओभरपास’मा आजदेखि गाडी चल्ने
ताजा अक्षर
समाचार
कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी
समाचार
भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै
समाचार
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी ८ मतले विजयी, अरु पदमा अनेरास्ववियु
समाचार
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki