२०७८ चैत्र २५ गते, शुक्रवार, ८ अप्रिल २०२२। चैत्र शुक्लपक्ष सप्तमी तिथि। आर्द्रा नक्षत्र। चन्द्रराशि– मिथुन।
मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो,
आजको मनोरञ्जनमा खेल गतिविधिहरु र घर बाहिरका कार्यहरू समावेश हुनुपर्छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।।
वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिथुन – GEMINI : का, कि, कु, घ, ङ, छ, के, को, ह
ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
कर्कट – CANCER : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
तअवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ला। उधारोमा व्यापार हुन सक्छ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्य फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। थन्किएका वस्तुको उपयोग हुनेछ।
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। तापनि सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ।
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम बन्न समय लागे पनि सकारात्मक संकेत प्राप्त हुनेछ।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ।
मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। आफ्ना सूचना बाहिरिने समय छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।







