२०७८ चैत्र २३ गते, बुधवार, ६ अप्रिल २०२२। चैत्र शुक्लपक्ष पञ्चमी तिथि, १६ः५२ बजेदेखि षष्ठी। राेहिणी नक्षत्र, १८ः४६ बजेदेखि मृगशिरा। चन्द्रराशि– वृष
मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो,
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च नै रहनेछ ।काममा रुचि बढ्नेछ भने व्यापारमा राम्रै लाभ हुनेछ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ।
वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिथुन – GEMINI : का, कि, कु, घ, ङ, छ, के, को, ह
निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।
कर्कट – CANCER : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज समाजमा हितको लागि लाभदायक छलफल हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।श्रमको उचित मूल्यांकन होला। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। अध्ययनतर्फ नयाँ ज्ञान सिक्ने समय छ।
सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउनेछ, क्रियाशील रहनुहोला।
कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ कार्यको योजना बन्ने वा प्राप्ति हुनेछ । सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । भूमिबाट पनि लाभ नै रहला ।शुभचिन्तकहरूले पनि राम्रै सहयोग जुटाउनेछन्। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइने समय छ।
तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते
सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले केही समस्या निम्त्याउन सक्छ।यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।
वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन लाग्नेछ । काममा साथीभाइबाट सहयोग मिल्नेछ। प्रतिकूल परिस्थितिका बीच प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन आउनेछ।
धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यको चर्चा पनि चल्नेछ ।नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिष्ठित काम सम्पादन गर्ने अवसर आउनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ।
मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।







