
काठमाडौं,चैत्र २२, एजेन्सि:
उत्तर कोरियाले दक्षिण कोरियाले आफूमाथि आक्रमण गरेमा दक्षिण कोरियामाथि परमाणु हमला गर्ने चेतावनी दिएको छ ।यो बयान उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङबाट आएको हो ।केही दिनअघि दक्षिण कोरियाका रक्षामन्त्रीले आफ्नो सेना उत्तर कोरियाको कुनै पनि लक्ष्यमा आक्रमण गर्न सक्षम रहेको बताएका थिए ।दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण अवस्थामा रहेका बेला यो बयानबाजी गरिएको हो ।करिब छ महिनाको मौनतापछि किम जोङ र उनकी बहिनीले दक्षिण कोरियालाई यस्तो चेतावनी दिएको यो दोस्रो पटक हो ।उनले भनिन् “दक्षिण कोरियाका रक्षा मन्त्रीले उत्तर कोरियामाथि आक्रमण गर्ने कुरा गरेर “ठूलो गल्ती” गरे। यदि दक्षिण कोरियाले यस्तो गर्यो भने उत्तर कोरियाले परमाणु हमलाले जवाफ दिनेछ ।तर, किम यो–जोङले उत्तर कोरियाले युद्ध नचाहेकाले आफूले पहिले आक्रमण नगर्ने स्पष्ट पारेकी छन् ।






